शुक्रबार , चैत्र १६, २०८०

विराटनगर ।

मोरङ उर्लाबारी नगरपालिका मेयर खड्गबहादुर फागो विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङमार्फत अभद्र व्यवहारमा जाहेरी दर्ता भएको छ ।

मेयर फागोसहित उनका भतिजो दुर्गा फागोलाई प्रतिवादी बनाई उर्लाबारी–९ का नारायण भनिने टंकबहादुर बस्नेतले अभद्र व्यवहार कसुरमा जाहेरी दिएका हुन् ।

गत चैत ३० गते नगरपालिका परिसरमै बस्नेतलाई निर्घात कुटपिट गरेको मेयर फागो र उनको भतिजोलाई आरोप लाग्दै आएको छ ।

‘उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारीको रोकिएको टहरा संरचनाको विषयमा सहजीकरण गर्न नगरपालिका पुगेका बेला भण्डारीलाई मेयरसहितको टिमले नगरपालिका कार्यालयमा नै कुटपिट गरेको दाबी गदै आएका छन् ।

तर पीडित भनिएका भण्डारीलाई नै उल्टै मेयर फागोले इलाका प्रहरी कर्याालय उर्लाबारीमा अभद्र व्यवहारमा मुद्दा चलाएका थिए ।

चौध दिन हिरासतमा बसी तीन हजार धरौटीमा छुटे लगतै बस्नेतले मेयर फागो र उनका भतिजोलाई उस्तै कसुरमा जाहेरी दिएका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले फागोद्वयको विरुद्धमा जाहेरी नलिएपछि सरकारी वकिल कार्यालयमार्फत जाहेरी दरखास्त दिएको पीडित बस्नेतले बताए ।

उर्लाबारी–५ का खड्गबहादुर फागो र दुर्गाबहादुर फागोलाई प्रतिवादी बनाई नारायण बस्नेतले दिएको उजुरी इप्रका उर्लाबारीमा पठाइएको सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए ।

तर, इप्रका उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खड्काले आफुहरुले जाहेरी आइपुग्यो÷आइपुगेन भनेर बताउन नमिल्ने जानकारी दिए ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय