बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ

निषेधाज्ञामा विमानस्थलमा सञ्चालित प्रि–पेड (हरियो नम्बर प्लेटका) ट्याक्सीले हवाइ यात्रुलाई ओसार्न पाउने भएका छन् ।

हवाइ यात्रुलाई आउजाउमा असहज भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मंगलबार त्यहाँ रहेको विमानस्थल हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेडलाई यो अधिकार दिएको हो ।

यो कम्पनीले हाल अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ८ वटा हरियो नम्बर प्लेट भएका ट्याक्सी सञ्चालन गर्दै आइरेको छ ।

‘हामीलाई काठमाडौं सहरभित्र घर भएका हवाइ यात्रुलाई उनीहरुको घर वा होटलसम्म पुर्‍याउन अनुमति दिइएको छ,’ कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सिम्खडाले कान्तिपुरसँग भने,‘जाँदा यात्रुसँग हवाइ टिकट, भिषा, बोर्डिङ पास हुने भएकाले सजिलो भएको छ ।

तर, फर्किँदा कतिपय स्थानमा सुरक्षाकर्मीको होल्डमा हाम्रा ट्याक्सी परेका छन् ।

केही चालकले यात्रुको टिकट, बोर्डिङ पासको फोटो मोबाइलमा खिचेर देखाउँदै फर्किरहेका छन् । तर सहजै भइसकेको छैन ।’

यात्रुहरुले अन कलका आधार प्रिपेड ट्याक्सीको सेवा लिन पाउँछन् ।

यसका लागि विमानस्थलमा रहेको विमानस्थल हवाइ यात्रु यातायात सेवा व्यवस्था लिमिटेडको ०१४४९९१५९ वा ०१४४७४१४ नम्बरमा फोन गर्नुपर्छ ।

काठमाडौंबाहिर भने यो कम्पनीका ट्याक्सीलाई यात्रु ओसार्न अनुमति छैन ।

स्वदेश फर्किएका अन्तर्राष्ट्रिय उडानका यात्रुहरुलाई सजिलै घर फर्किन कठिनाइ छ ।

काठमाडौं बाहिरबाट विदेश जानेहरुले स्थानीय सरकारबाट पास लिइ काठमाडौं आइरहेका छन् ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय