बिहिबार , चैत्र ९, २०७९

वीरगन्ज

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

पर्सामा स्थानीय प्रशासनले बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएपछि त्यसैको मौका छोपेर बुधबार वीरगन्जमा उपभोक्ता ठग्ने तीन व्यापारी कारवाहीमा परेका छन्।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जबाट खटिएको बजार अनुगमन टोलीले बिहीबार वीरगन्जको बजारमा छापा मारेर उपभोक्ता ठग्ने ३ पसलेलाइ कारवाही गरेको हो ।

तीनवटै पसल कारवाही गरी ७० हजार रुपैयाँ जरिवाना गरिएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका सूचना अधिकारी दिलिप खङखत्वेले जानकारी दिए ।

उनका अनुसार पसलमा मुल्य सुची नराखी कारोबार गरेको वीरगन्ज १२ को नमन किराना गल्ला भण्डारलाइ ५० हजार रुपैयाँ खरिद बिल नदेखाएकाले वीरगन्ज १० घण्टाघरको रक्षा भण्डार र वीरगन्ज ९ को मा दुर्गा एण्ड पुनम बस्त्रलयलाई जनही १०/१० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यलय प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यलय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगन्ज उद्योग वाणिज्य सँघका प्रतिनिधि सहभागी थिए ।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय