
कञ्चनपुरको बेलौरीमा बेवारिसे अवस्थामा फेला परेकी नाबालिकालाई आफन्तको जिम्मा लगाइएको छ भने उनकी आमा हालसम्म फरार रहेकी छन्। जिल्लाको पुर्नवास नगरपालिका-२ अमरैया कि शर्मिला चौधरीले १४ महिने छोरीलाई उखुबारीमा बाँधेर फरार भएकी हुन्।
बेलौरी नगरपालिका–७ स्याली खोला नजिकै उखुबारीमा हातखुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयले नाबालिकाको उद्दार गरेका थिए।