बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

बिहीबारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै प्रंहरीले १ हजार ५ सय सवारी साधनलाई कारबाही गरेको छ।

बिहीबार मध्यान्हसम्ममा काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने उक्त सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

कारबाहीमा परेकामा १ हजार २ सय मोटरसाइकल, ३ सय चारपांग्रे सवारी साधन रहेका छन्। सवारीसाधनलाई नियन्त्रणमा लिएर रोकेर राखिएको माहाशाखाले जानकारी दियो।

त्यसैगरी काठमाडौ, भक्तपुर र ललितपुरमा विनाकाम सडकमा निस्कीएका समेत कारबाहीमा परेका छन्। कारबाहीको क्रममा मास्क नलगाई हिँड्नेलाई होल्ड गरेर राख्ने गरिएको छ।

अहिले उपत्यकामा चेकजाँचमा कडाइ गरिएको छ। त्यस क्रममा काठमाडौंमा ४४, भक्तपुरमा चार र ललितपुरमा ८ स्थानमा चेकपोइन्ट राखिएको उनले बताए। यसका लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी महाशाखा र सशस्त्र प्रहरी बलको टोली खटिएको छ।

 

साथैमा यो पनि

काठमाडौंमा निषेधाज्ञा कडा : ३२ सय प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन

सरकारले आज विहान ६ बजेबाट लागू गरेको निषेधाज्ञा कडा बनाइएको छ। नयाँ भेरियन्टको कोरोनाको जोखिम कम गर्नका लागि काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरेको छ।

प्रहरी तथा ट्राफिक प्रहरी मुख्य सडकका विभिन्न चोकमा बसी निषेधाज्ञा पालना गराउन लागिरहेका छन्।

निषेधाज्ञाको मतलब नगरी र विभिन्न बहाना बनाएर सवारी साधनसहित बाहिर निस्कँदै नियम नमान्नेलाई प्रहरीले कारबाही पनि गरेको छ।

निषेधाज्ञा प्रभावकारी बनाउनका लागि काठमाडौं उपत्यकाका ३ जिल्लामा ३ हजार २ सय नेपाल प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको काठमाडौं महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले बताए।

उनले त्यसका लागि उपत्यकाका ५६ स्थानमा ट्राफिक र नेपाल प्रहरीले संयुक्त रूपमा चेकजाँच गरिरहेको जानकारी दिँदै काठमाडौंमा ४४, ललितपुरमा ८ र भक्तपुरकाा ४ स्थानमा चेकजाँच भइरहेको पनि बताए ।

नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय