बिहिबार , मंग्सिर २१, २०८०

बैंकमा पैसा राखने गर्नुभएको छ?भर्खरै आयो सबैले थाहा पाउनै पर्ने खबर?बैंकमा तपाईले लिएको ऋणको ब्याज बढिरहेको छ तर निक्षेपको ब्याज भने बढेको छैन । अब भने वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका छन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुन १ गतेबाट लागु हुनेगरी निक्षेपको नयाँ ब्याजदर बढाउने निर्णय गरेका हुन्फागुनको लागि नयाँ ब्याजदर प्रकाशित गर्दा ११।०३ प्रतिशतसम्म ब्याज आउन सक्ने सम्भावना छ । तर ब्याजदर बढाउने निर्णयमा कोही बैंकरलाई पनि चित्त बुझेको छैन ।

यस अघिकै ब्याजदर कायम राख्ने गरी तयारी गरीरहेका बैंकलाई बैंकर्स संघले नयाँ निर्णयवारे जानकारी गराएको हो ।माघको मुद्धती निक्षेपको औसत ब्याजदर १०।०३ प्रतिशत रहेछ त्यसमा १० प्रतिशत बढाउँदा ११।०३ प्रतिशत व्यक्तिगत मुद्धती निक्षेपमा

र संस्थागतमा एक प्रतिशत कम हुँँदा १०।०३ प्रतिशतसम्म ब्याजदर दिने निर्णय भएको जानकारी आएको ती बैंकरले बताए ।मुद्धतीमा ११।०३ प्रतिशत ब्याजदर दिने बैंकले बचतमा न्युनतम ६।०३ प्रतिशत र रेमिट्यान्स मुद्धतीमा १२।०२ प्रतिशत ब्याजदर दिन पाउँछन् ।

यस्तै कल निक्षेपमा अधिकतम ३।०१५ प्रतिशत ब्याजदर दिने पाउनेछन्यसअघि बैंकहरुले व्यक्तिगत मुद्धती निक्षेपमा १०।०५, संस्थागत मुद्धती निक्षेपमा ९।०५ र बचतमा न्युनतम ५।०५ प्रतिशत ब्याजदर दिँदै आएका थिए । अब बैंकहरुले सबै प्रकारका निक्षेपको ब्याजदर बढाउनुपर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय