आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै काठमाडौंको टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी चिन्तामा छन्।

कोरोना संक्रमित दिनानुदिन बढिरहेको छ, अस्पतामा आउनेको संख्या पनि बढिरहेको छ। संक्रमितको संख्या बढे पनि उपचारका लागि स्वास्थ्यकर्मीहरु तयारै थिए। मानसिक र स्रोत साधनका हिसाबले उपचारका लागि तयार भए पनि उनीहरु चिन्तामा छन्, त्यो चिन्ता हो, ‘उपचारका लागि आउने बिरामीलाई कहाँ राख्ने?’

यही कारण टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारी अहिले अस्पतालको अवस्था नै ‘नाजुक’ बनेको बताउँछन्।

कोरोना संक्रमितको चाप बढ्दा अस्पतालको बेड क्षमताभन्दा बढी बिरामी आउन थालेपछि अस्पतालको अवस्था नाजुक बन्दै गएको डा.राजभण्डारीको भनाइ छ।

अस्पतालमा थेग्नै नसकिने गरी बिरामी आउँदा पनि बेड बढाउने स्थानको अभाव रहेको उनको भनाइ छ। ‘बेड राख्ने ठाउँ पनि छैन, खाँदाखाँद गर्न नि मिलेन, दूरी कायम गर्नेपर्यो। यसले थप समस्या भएको छ।’

उनका अनुसार अहिले अस्पतालमा बेडको क्षमता जम्मा ६० रहेको छ। अस्पतालको क्षमता त्यो भए पनि अहिले पनि अस्पतालले ६८ जना बिरामीको उपचार गरिरहेको छ।

उनले इमर्जेन्सीमा बुधबारदेखि नै बिरामीहरुको चाप थेग्नै नसकिने गरी बढेकोले थप चिन्ता बढेको बताए। ‘अस्पतालको हालत नाजुक भइसकेको छ, योभन्दा बढी बिरामी आयो भने कहाँ राख्ने?’ उनले चिन्ता व्यक्त गरे।

डा. राजभण्डारीले नयाँ भेरियन्टको कोरोना संक्रमितमध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपरेको पनि बताए।

उनले टेकु अस्पताल एक्लैले मात्र कोरोना संक्रमितको उपचार गर्न सम्भव नभएकाले स्थानीय सरकारले पहल गर्नुपर्ने पनि बताए। उनले भने, ‘आइसोलेसन केन्द्रहरु सरकारले छिटो बढाउनु पर्यो, केन्द्रीय सरकारको मुख ताकेर भएन, स्थानीय सरकारले आफ्नै ठाउँमा आइसोलेसन केन्द्र बनाउनुपर्यो।’

नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय