राधेराधेमा ठेलावाली सुनिता र नगर प्रहरी बुद्धलक्ष्मीबीच ‘मल्ल युद्ध’को भाइरल भिडिओको के हो वास्तविकता ? (भिडिओ)काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा नगरप्रहरीमाथि हातपात भएको छ ।

सडक किनारा राखेको ठेलागाडा उठाउन पुगेको नगरप्रहरीमाथि ठेलागाडावालाले हातपात गरेको हो ।सडक किनारमा ठेलामा सामान राखेर बेच्दै गरेकी एक महिलाको नगरप्रहरीले गाडा खोसेपछि ती महिलाले नगरप्रहरीको घाँटी न्याकेकी हुन् ।

महिला र नगरप्रहरीबीच भएको मुडभेडको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।कृष्ण अष्टमीको दिन राधेराधे मन्दिर छेउमा ती महिलाले गाडामा सामान बेच्न राखेकी थिइन् । नगरप्रहरीको टोली पुगेपछि उनको गाडा नगरप्रहरीले खोसेको थियो । बेच्न राखेको कपडा भने भुईमा राखिदिएर गाडामात्र लिएर गएका थिए ।

केहीबेर गाडा तानातान भएको थियो । गाडा नगरप्रहरीले उठाएर लगेपछि आक्रोशित ती महिलालाई गाडा छुटाउन तानिरहेकी महिला नगरप्रहरीलाई आक्रमण गर्न पुगिन् । उनले महिला नगरप्रहरी बुद्ध लक्ष्मी सुवाल अधिकारीलाई घाँटीमा न्याँकेपछि हिरिकहिरिक भएकी थिइन् ।

छेउमा उभिएका सर्वसाधरणले देखेपछि महिलाबाट उनलाई छुटाउन खोजेका थिए । तर ती सर्वसाधारणले एक्लैले नसकेपछि अरु नगरप्रहरीको सहायतामा उनलाई बचाएको थियो । नगरप्रहरीलाई तीन ४ जनाले ज्यान जानबाट जोगाए ।लगतै आक्रमणमा परेकी नगरप्रहरीले ती महिलालाई जाइलाग्न पुगेकी थिइन् ।

उनलाई अरु नगरप्रहरीले तानेर राखेको थिए । नगरप्रहरीको ज्यान जानेगरी आक्रमण गर्ने महिलालाई पक्राउ गरी एक दिन थुनामा राखेको मध्यपुरठिमीका नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यले आर्चायले नेपालप्रेसलाई बताए । प्रवक्ता आचार्यका अनुसार ती महिलाकाे नाम सुनिता भनेर भनेकी थिइन् ।

उनलाई एक दिन थुनामा राखेपछि १० हजार जरिवाना तिराउने सहमति भएको थियो । नगरपालिकामा आएर उनले जरिवाना तिर्ने सहमति भएर छाडिएपनि उनी जरिवाना तिर्न अझै नआएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय