बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

रेशमसँगको भेटपछि पनि ढुक्क भइनन् एलिजा, भन्छिन्-केही दिनमै गुड न्युज पाउनुहुन्छकैलाली । असार २१ गते सक्रिय राजनीति नगर्ने घोषणा गरेकी कलाकार एलिजा गौतमले बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटिन् ।

करिब २० मिनेटको संवादमा केही सहमति नजुटेको एलिजाले बताएकी छन् ।फेसबुकमा स्टाटस लेख्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी थिइन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् । केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका स्वकीय सचिवलाई राजीनामा दिएको उनले बताइन् । त्यसपछि उनी साउन २८ गते एमाले

अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । उनले ओलीलाई ‘बुवा’ सम्बोधन गर्दै राजनीति र समाजसेवा गर्ने चाहना र हुटहुटीमा मलजल पुगेको बताएकी थिइन् ।

एलिजा आगामी निर्वाचनमा चुनाव लड्ने तयारीमा छिन् । तर, कुन दलबाट लड्ने भन्ने विषयमा अझै टुंगो नलागेको उनको भनाइ छ ।

‘राजनीति मैले छोडेको छैन । अर्को निर्वाचनमा जसरी पनि उठ्छु’, उनले भनिन्, ‘अहिलेबाटै तयारी गरिरहेको छु गाउँ ठाउँ जिल्लामा खटिरहेको छु’, उनको भनाइ छ ।

पूर्वी नेपालबाट चुनाव लड्ने तयारीमा रहेको उनले बताइन् ।यस बीचमा ‘माननीय रेशमलाल चौधरी ज्यूको सचिवालय’ नामक फेसबुक पेजबाट एलिजाको राजीनामा अस्वीकृत भएको र आगामी १२ र १३ गते हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने भन्दै लेखेकोमा पनि उनले असन्तुष्टि व्यक्त गरिन् ।

‘त्यस्तो केही फिक्स भएको छैन । मेरो सहमतिविना त्यस्तो किन आइरहेको छ म आफैँ अचम्म मानिरहेको छु’, उनले भनिन्, ‘मैले कुनै डिसिजन दिएको छैन । केही कुरा एक दुई हप्तामा आउँछ यही पार्टी वा त्यही पार्टी भन्ने छैन । जे होस् केही गुड न्युज आउने सम्भावना छ ।’

उनले नागरिक उन्मुक्ति पार्टीमा केही विषयमा चित्त नबुझेको र सोही पार्टीमा फर्किने सम्भावना पनि कम रहेको बताइन् ।

नाउपामा राजीनामा दिएपछि ओलीलाई भेटेर एमाले फर्किन लागेको हो भन्ने विषयमा उनले भनिन्, ‘हेरौं जे पनि हुन सक्छ । केही गुड न्युज आउँछ ।’माघ १४ गते एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् ।

नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर पण्डितले भने रेशम चौधरी र एलिजा गौतमबीचको वार्ता मिलेको बताए । उनले आगामी असोज १२ र १३ गते टीकापुरमा हुने केन्द्रीय समिति बैठकमा एलिजा सहभागी हुने समेत दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय