सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ

कोरोना संक्रमणका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आईसीयूमा सारिएको छ ।

शाहको शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि आईसीयूमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको जनाएको छ ।

अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।

अस्पताल उच्च स्रोतका अनुसार पूर्वरानी शाहलाई अस्पताल पुर्‍याएदेखि नै अक्सिजनको कमीका कारण धेरै मात्रामा अक्सिजन दिएर राखिएको थियो । अहिले भने हाईफ्लो अक्सिजनको आवश्यकता परेका कारण आईसीयूमा सारिएको हो ।

उहाँको अवस्था निकै गम्भीर छ । यस्तै अवस्था रहे कुनै पनि समय भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ,’ स्रोतले भन्यो, ‘पूर्वराजालाई भने अहिले सामान्य अक्सिजन सपोर्ट मात्रै चाहिएको छ ।’

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको विज्ञप्तिमा उल्लेख छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भएकाले अक्सिजनको सपोर्ट दिनु नपरेको बताइएको छ ।

कोरोना संक्रमणपछि पूर्वराजा ज्ञानेन्द्र , पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह गत वैशाख ११ गते नर्भिक अस्पताल भर्ना भएका  थिए ।

केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र दम्पती भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर वैशाख ५ गते नेपाल फर्किएका थिए ।

ज्ञानेन्द्र उत्तराखण्डको हरिद्वारमा भएको शाही स्नानमा सहभागी भएका थिए । हरिद्वारको कुम्भमेलामा सहभागी भएका सयौंलाई यसअघि नै कोरोना पुष्टि भएको छ ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय