शनिबार , बैसाख ८, २०८१

पनौती

पनौती १० खोपासीमा आयोजना भएके विवाहमा सहभागि ५२ बर्षिया महिलाको कोरोना संक्रमणका कारण उपचारको क्रममा निधन       भएको छ ।

बुधबार राति धुखिखेल अस्पतालमा अर्का एक ८२ बर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । संक्रमणको दर बढिरहँदा जिल्लामा एकै दिन दुई ब्यक्तिले ज्यान गुमाउनु परेको छ ।

बैशाख १० गते शुक्रबार आफ्नै परिवारमा भएको विवाहमा ५२ बर्षिया महिला सहभागि हुनुहुन्थ्यो । ‘एक्कासी ढल्नु भएछ, तत्काल उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा पुर्‍याईएको रहेछ ।

उपचारको क्रममा उहाँमा कोरोना भाईरसको परिक्षण गर्ने क्रममा पोजेटिभ देखियो’–पनौती स्वास्थ्य शाखाका प्रमुख पुरुषोतम तिमल्सिनाले भन्नुभयो–‘चिकित्सकहरुले उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने बताउनु भएको थियो ।

धुलिखेल र शिर मेमोरियल अस्पताल दुबैमा उक्त सुविधा नभए पछि उहाँलाई थप उपचारका लागि काठमाडौ स्थित गणेशमान सिंह अस्पतालमा पुर्‍याईएको थियो ।’ उपचारकै क्रममा बुधबार राति उहाँको निधन भएको हो ।

जिल्लामा रहेका दुबै अस्पतालले कोभिडका विरामीहरुका लागि भेन्टिलेटर सहितको सुविधा तत्कालिन समयमा उपलब्ध गराउन सकेका थिएनन् । अहिले जिल्लामा संक्रमितको संख्या २ सय १३ पुगेको छ । जसमध्ये गम्भिर प्रकृतिका ५ जना अस्पताल भर्ना भएका छन् ।

विवाहमा सहभागि भएका मध्ये मंगलबार स्वाव संकलन गरेका २४ मध्ये १७ जनामा संक्रमण देखिएको थियो भने बुधबार परिक्षण गरिएका २३ मध्ये १२ जनामा संक्रमण देखिएको छ ।

विवाहमा सहभागि भएको सम्पर्कका आधारमा परिक्षण गरिएका मध्ये ३० जनामा कोरोना भाईरस संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय काभ्रेले पटक पटक विवाहमा धेरै जना सहभागि नहुन अपिल गरेको तर त्यसको बेवास्ता भईरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

उपत्यकामा लकडाउन भए सँगै जिल्लामा सुनसान जस्तै देखिए पनि सार्वजनिक यातायात तथा विवाह, व्रतवन्ध लगायतका कार्यक्रमहरुमा सहभागि हुनेहरुको भिड बढिरहेको छ ।

बुधबार राति नै धुलिखेल अस्पतालमा उपचारका क्रममा धुलिखेल घर भएका ८२ बर्षिय जेष्ठ नागरिकको निधन भएको छ ।

विहान अस्पतालमा भर्ना गरिए पनि उपचार सम्भव भएन । उपचारकै क्रममा उहाँमा कोरोना संक्रमण देखिएको थियो ।

नेपाल समाचारपत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय