बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाहीको एकै दिन दुईवटा कोरोना टेष्ट भएको खुलेको छ ।

उनको एउटा रिपोर्टमा नेगेटिभ आएको खुलेको छ । अर्को, रिपोर्ट भने पोजेटिभ आएको दाबी गरिएको छ ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने तय हुँदा शाही वेपत्ता भएका थिए ।
उनको खोजीको माग गर्दै जनमोर्चाकी सांसद पियारी थापाले निवेदन दर्ता गरेपछि प्रदेश सभा बैठक अनिश्चितकालीन स्थगित गरिएको छ ।

सांसद शाही कोभिड वार्डमा रहेको र स्वास प्रस्वासमा समस्या आएको चरक अस्पतालले जानकारी दिएको छ ।

उनी स्वास प्रस्वासको समस्या भई भर्ना भएको अस्पतालको दाबी छ । मङ्गलबार राति १२ बजे भर्ना भएको अस्पतालको भनाई छ ।

तर, सांसद शाहीको हिजो विहान कोभिड १९ को परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
उनको परीक्षणको रिपोर्ट विहान आउँदा कोरोना नेगेटिभ छ ।

अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा केही घन्टा अघिसम्म सम्पर्कमा नआएपछि उनको खोजी भएको थियो ।

रिपोर्टर्स नेपालले चरक अस्पतालसँग सम्पर्क गर्दा ज्ञानबहादुर शाहीको नाममा १३ वैशाखको राति १२ बजेबाट आइसियूको बेडमा ५८ वर्षीय व्यक्ति रहेको जानकारी दिइएको थियो ।

अस्पतालका अनुसार १३ गते राति १२ बजेबाट शाही भर्ना भएका हुन् ।

ज्ञानबहादुर शाही नाममा अस्पतालमा ५८ वर्ष र पोखरा ५ जिरो किलोमिटर ठेगाना राखिएको छ ।

यसैगरी, चरक अस्पतालमा सुरक्षाकर्मी बढी परिचालन गरिएको छ । अस्पतालमा सांसद शाहीलाई भेट्न जान दिइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय