
काठमाडौं ।
यदी तपाईंले स्याउ खरीद गर्दा एप्पल मोबाइल पाउँनुभयो भने के गर्नुहुन्छ ? पहिलो कुरा त तपाईंले यस्तो कुरा पत्याउनुहुन्न होला, यदी पत्याउनुभयो भने पनि झुक्केर गल्ती भएको अनुमान गनुहुन्छ । तर एक व्यक्तिले पाएको अपार उपहारका कारण सबै हैरान भएका छन् ।
तपाईंले त्यस्ता थुप्रै घटनाहरू सुन्नु भएको होला, जहाँ कसैले स्मार्टफोन अनलाइन खरीद गर्दा डेलिभरीको बेला अरुथोक पाउँछ ।
तर आज हामीले दिन लागेको खबर एकदम विपरित रहेको छ । वास्तवमा, एक व्यक्तिले अनलाइनमार्फत स्याउ अर्डर गरेका थिए ।
तर सबैजना तब छक्क परे जब उनले स्याउको डेलिभरी बक्स खोले । यसमा एप्पलको आईफोन एसई स्मार्टफोन पनि राखिएको थियो । यस्तो घटना नेपालमा होईन, बेलायतमा घटेको हो ।
जानकारी अनुसार ५० वर्षीय निक जेम्सले अनलार्इन किराना वेबसाइट टेस्कोबाट स्याउ अर्डर गरेका थिए । त्यसपछि उनी आफ्नो सामानहरू लिन कम्पनीको स्थानीय स्टोर गए ।
स्टोरलाई बताइयो कि त्यहाँ उनीहरूको सरसामानको साथ एक आश्चर्यजनक बाकस थियो । जेम्स चकित भए जब उनले यो बाकस खोले । यसमा आईफोन एसई राखिएको थियो ।
जेम्सले ट्विटरमा पनि आफ्नो खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘हामीले स्याउ अर्डर गरेका थियौं र एप्पल आईफोन पायौं १ यसले मेरो छोराको दिन बनायो ।’
सबै भन्दा राम्रो पक्ष जेम्सले स्मार्टफोनसँगै आफुले मगाएको स्याउ पनि पाउन सफल भए । ट्वीटमा कार्डको साथ फोनका फोटोहरू सेयर गरेका छन् ।
जेम्सले डेली मिररलाई भने, ‘मलाई लाग्यो यो आश्चर्यजनक ईस्टर अण्डा वा केहि हुन सक्छ । जब बाकस खोलियो, म छक्क परें ।’
वास्तवमा यो आश्चर्य कम्पनीद्धारा गरिएको एक प्रचार अभियानको हिस्सा थियो । कम्पनीले आफ्ना ग्राहकहरूलाई बिभिन्न उपहारहरू प्रदान गर्दैछ ।
धेरै अन्य ग्राहकहरु पनि ट्वीट गरी आफ्नो आश्चर्य उपहारहरु को बारे मा जानकारी गराइरहेका छन् । कसैलाई फिटनेस ब्यान्ड दिइएको छ, कसैसँग वायरलेस ईयरबड्स पनि प्रदान गरिएको छ ।