शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

रुपन्देही ।

जिल्लाको देवदह-६ का वडा अध्यक्षले उपचार अभावमा श्रीमतीलाई गुमाएका छन् । वडा अध्यक्ष दामोदर क्षेत्रीकी श्रीमती ४९ वर्षिया कृष्ण कुमारीले उपचार नपाएर ज्यान गुमाउनु परेको हो ।

कोरोना संक्रमित कृष्णकुमारीले थप उपचारका लागि आइसियू बेड अभावमा मँगलबार ज्यान गुमाएकी हुन् । यसरी जनप्रतिनिधकै परिवारले उपचार नपाएर मृत्युवरण गर्नु पर्ने स्थितीले अवस्था थप भयावह भएको पुष्टि गरेको छ ।

मँगलबार विहान कृष्णकुमारीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि स्थानीय एक मेडिकलमा उपचारका लागि पुर्याइएको थियो । उक्त मेडिकलले कोरोना संक्रमणको आसंका गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजान सल्लाह दियो ।

कृष्णको उपचारका लागि सँगै अस्पताल पुगेका देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले घटनाको विवरण सुनाउँदै भने ‘उहाको अक्सिजनको लेभबल घड्दै गएको हुँदा आइसियू बेड चाहिने चिकित्सकहरुले सल्लाह दिए ।

तर, अस्पतालमा आइसियू बेड खाली नभएपछि अन्तै जोहो गर्न हामीलाई नै भनियो ।’अन्य ठाउँमा आइसियू बेड नभएको अवस्थामा तत्कालका लागि प्रादेशिक अस्पतालकै फिबर क्लिनिकमा राखेर कृष्णाको उपचार भइरहेको थियो ।

मेयर खत्रीले ग्लोबल आवाजसँग कुरा गर्दै भने ‘हामीले बुटवलको तिनाउ अस्पताल, भैरहवाको भिम अस्पताल, मणिग्रामको क्रिमसन असप्ताल तथा काठमाण्डौका विभिन्न अस्पतालहरुमा समेत बुझ्दा आइसियू पाउन मुुस्किल भयो ।’

आइसियू बेडका लागि दिनभर विभिन्न अस्पताल तथा व्यक्तिहरुलाई फोन गर्दा पनि नपाएपछि हैरान भएका उनीहरुले फिबर क्लिनिकमै कृष्णालाई राखेर प्रतिक्षा गर्ने बाहेक विकल्प रहेन ।

कोरोना संक्रमण पुष्टि भएकी कृष्णलाई उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो ।

बिहानैदेखि बुटवलको धागो कारखानामा सञ्चालित कोरोना अस्पतालदेखि काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेडको लागि कुरा उनीहरुले कतै बेड नपाएपछि फिबर क्लिनिकमै कृष्णाले परान त्यागिन । आइसियू बेड कुर्दाकुर्दै कृष्णकुमारीको दिउसो ४ बजे मृत्यु भयो ।

आफ्नै सहकर्मीले परिवार गुमाउनु पर्दाको पीडासहित मेयर खत्रीले भने ‘हल्ला गरिएको जस्तो कोरोना संक्रमण रोकथामका लागि तयारी गरिएको रहेन छ ।’

सरकारको तयारी बारे असन्तुष्टि व्यक्त गर्दै उनले भने ‘प्रदेश सरकारले एक वर्षको बीचमा एउटा बेड पनि थप्न सकेको रहने छ, आफ्नै आँखा अगाडि एक सहकर्मीको श्रीमतीले उपचार नपाएर ज्यान गुमाउनुपर्यो, सर्वसाधारण जनाको अवस्था झन कस्तो होल ?’

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कृष्णकुमारीलाई कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा निजी तथा सरकारी गरी १४२ वटा आइसियू बेड रहेका छन् भने १५९ एजडियू बेड रहेका छन् । यसैगरी ७५ वटा भेन्टिलेटर रहेका छन् भने संक्रमितहरुको उपचारका लागि १९२ सामान्य बेड रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय