बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

निषेधाज्ञाका कारण उपत्यकाबाट बाहिरिनेहरुको चापका कारण राजधानीको नागढुंगा तथा थानकोट क्षेत्रमा अझै जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकाबाट बाहिरिनेहरुको चापका गएरातिदेखि नै कलंकीदेखि नागढुंगा र त्यसभन्दा पर धादिङसम्मनै चर्को जाम रहेको थियो ।

सो जाम अहिलेपनि पुरा नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले बाटो अझै क्लियर नभएको र निषेधाज्ञा अघि नै उपत्यका प्रवेश गर्नुपर्ने गाडीहरु जाममै फसेका छन् । ती गाडीहरुलाई उपत्यका भित्रन दिने उनको भनाइ छ ।

उनका अनुसार काठमाडौंको हकमा निषेधाज्ञा उलंगन गर्ने चार पांग्रे र दुई पांग्रेगरी २०० सवारी होल्ड भएका छन् । उनीहरुलाई बेलुका ७ बजेमात्रै छाड्ने उनको भनाइ छ ।

उनले ८१ ठाउँमा सवारी चेक गर्ने योजना भएपनि अहिले ४० ठाउँमा चेकजाँच भइरहेको छ ।

 

साथैमा यो पनि

आजबाट खाद्य सामग्री पसल बिहान र साँझ मात्र खोल्न पाउने

काठमाडौं । वैशाख १६ गतेदेखि २२ गतेसम्म खाद्य सामग्रीका पसलहरु सञ्चालनका लागि समय तोकिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र साँझ पाँच बजेदेखि ७ बजेसम्म मात्र खोल्न आदेश दिएको छ ।

न्यूनतम २ मिटरको भौतिकदूरी कायम गर्ने लगायत सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी मात्र पसल सञ्चालन गर्न भनिएको छ ।

यस्तै डिपार्टमेन्ट स्टोर बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म सञ्चलन गर्न पाइने छ ।

डिपार्टमेन्टमा ग्रोसरी कक्ष मात्र न्यूनतम २ मिटरको भौतिक दूरी कायम गरी नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालन गर्ने गरी १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न प्रशासनको आदेश छ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय