शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ

बिहीबारदेखि काठमाडौं उपत्यका र विभिन्न सहरहरूमा लागू हुने दुई साताको निषेधाज्ञाले कोरोना संक्रमणको गतिमा कमी आउने सरकारले विश्वास लिएको छ ।

विज्ञहरूले भने यो अवधिमा संक्रमण विस्तार केही घट्न सक्ने भए पनि लापरबाही गरिए अवस्थामा सुधार नआउने बताएका छन् ।

विज्ञहरूका अनुसार तत्कालको निषेधाज्ञासँगै सबैलाई खोप, अनिवार्य स्वास्थ्य मापदण्डको पालना, कन्ट्याक्ट ट्रेसिङ, व्यापक पीसीआर परीक्षण, बिरामीलाई उपयुक्त स्वास्थ्य उपचारको सुविधा नभएसम्म स्थितिमा सुधार आउने देखिँदैन ।

‘निषेधाज्ञाको प्रभाव दुई सातामा देखिन थाल्छ, अहिलेलाई यति समय पर्याप्तजस्तो लाग्छ,’ स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. रोशन पोखरेल भन्छन्, ‘दुई सातामा कोभिडको केस घट्न थाल्यो भने लकडाउन प्रभावकारी भएको बुझिन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भने निषेधाज्ञा स्प्रिङ तानेजस्तै हुने र केही दिन संक्रमणमा कम आएको देखिए पनि पुनः चहलपहल बढे फैलिन सक्ने दाबी गर्छन् ।
निषेधाज्ञाले हाल स्वास्थ्य संरचनामा देखिएको अत्यधिक दबाब, बेडको अभाव, आईसीयू नपाउने अवस्थामा केही कमी भने आउने उनको आकलन छ । निषेधाज्ञाले गर्दा व्यक्ति–व्यक्तिबीच घुलमिल र सम्पर्क हुन नपाउँदा संक्रमणको कडी तोडिएर रोगको विस्तार हुन पाउँदैन ।
यसकारण पनि निषेधाज्ञाले संक्रमण दर घटाउने विश्वास गरिएको हो । तर केही दिनयता नेपालमा देखिएको कोरोना संक्रमण अत्यधिक संक्रामक छ ।
यहाँ युके भेरिएन्ट, डबल म्युटेन्ट भेरिएन्ट देखिसकिएको छ भने भारतमा पुष्टि भइसकेको ट्रिपल म्युटेन्ट भेरिएन्टसमेत हुन सक्ने आशंका गरिएको छ । भारतमा डबल म्युटेन्ट मात्र नभई ट्रिपल म्युटेन्ट बढ्ने खतरा बढेको छ  ।

स्वास्थ्य मन्त्रालयको एक अध्ययनअनुसार अहिले कोरोना देखिएका एक व्यक्तिले यो संक्रमण दुईभन्दा बढी व्यक्तिलाई सारिरहेका छन् । ‘संक्रमणको विस्तार ज्यामितीय दरमा भइरहेको छ,’ उनले भने ।

भाइरसको संक्रमणको ‘चेन’ तोड्न अत्यावश्यक कामबाहेक मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णयमा स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरू दुई साताअघि नै पुगिसकेका स्रोत बताउँछ ।

केही दिन निषेधाज्ञा लगाउँदा संक्रमणमा कमी आउने र उपलब्ध स्वास्थ्य संरचनाले संक्रमितको उपचार गर्न सक्षम हुने डा. पोखरेल दाबी गर्छन् ।

राजधानी, सहर र बजार क्षेत्रबाट गाउँ जानेहरूबाट संक्रमण फैलिने जोखिमलाई निषेधाज्ञाले बढावा दिएको वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीको भनाइ छ ।

उनका अनुसार एक/दुई साताको निषेधाज्ञाले फरक पार्दैन, बरु यसलाई एक महिना लम्ब्याए संक्रमणको ट्रेन्डमा फरक पार्छ र संक्रमणको कडीसमेत तोड्न सक्छ ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय