
काठमाडौं ।
नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ।
युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।
ह्याम्स अस्पतालमा केही दिनयता मृत्यु भएका दुईजनामध्ये एक कुनै रोग नभएका युवा छन्। उनीहरूको कोरोना निमोनियाले मृत्यु भएको अस्पतालका कोभिड उपचार चिकित्सक डा। राजु पंगेनीले नागरिकलाई जानकारी दिए।
अहिले वार्डमा सिकिस्त भएर भर्ना भएका मध्ये ३५ देखि ५० वर्षभित्रका धेरै रहेको डा। पंगेनीले बताए।
यो वर्षको भाइरसको स्वरुप कडा भएकाले निरोगी युवालाई समेत सिकिस्त बनाएको डा। बास्तोला बताउँछन्। कोरोनालाई सामान्य रुघाखोकीका रुपमा हेरेर चरम बेवास्ता गर्नाले पनि युवाहरू सिकिस्त बनेको उनको तर्क छ।
‘सुरुमा सामान्य रुघाखोकी, ज्वरो ठानेर घरैमा बस्छन् । धेरै दिनसम्म निको नभएपछि मात्र अस्पताल आइपुग्छन्। त्यति बेला कोरोनाले फोक्सोमा निमोनिया बनिसकेको हुन्छ’, उनले भने ।
निमोनिया र फोक्सोको संक्रमण बढी भइसकेपछि अस्पताल आइपुग्दा निको हुन नसकी युवाहरूको मृत्यु हुने गरेको उनको भनाइ छ ।
नागरिक दैनिकबाट