
राजा र प्रधानपतिको गोप्य भेटघाट, डिल्लीरामले गरे डरलाग्दो रहस्य dilliram Khanal
र यो पनि
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बोली पछिल्लो समय भयमिश्रित सुनिन थालेको छ । बुधबार समाजवादी मोर्चाको कार्यक्रमका लागि सुर्खेत पुगेका प्रचण्डले बर्खापछि जनतालाई सडकमा उतार्ने उद्घोष गर्दै भने, ‘जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो ।’
देशको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले ‘जगै हल्लाइदिने’ गरी जनतालाई सडकमा उतार्ने धम्की दिएर उनले मनभित्र मडारिइरहेको सत्ता संकट भयलाई लुकाउन सकेनन् ।
मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ । राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन्’, उनले भने, ‘सरकार छोड्न गाह्रो मान्ने मान्छे पनि होइन म ।’