जमिनमुनी मान्छे पठाएर बालेन टोलीले निकाले यत्तिठुलो पानी,६ वटा ऐतिहासिक पोखरी ठाउको ठाउ हरायो_Balen
र यो पनि
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा नभएको बताएका छन् ।
वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे ।अनुदान ठिक छ । तर अनुदानको नाममा हुने कुनै पनि हस्तक्षेप सह्य छैन’ उनले भने, ‘हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन, हामी गाउँका खोरिया खन्छौं ।
’महासचिव विप्लवले मञ्मै रहेका प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै भने, ‘हामी कुनै पनि सैन्य हस्तक्षेप चाहँदैनौं । तपाईं पनि यसका विरुद्ध आवाज उठाउनुहोस् ।’
उनले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको औंल्याए ।