शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

निषेधाज्ञाका कारण बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ ।

केही दिन अघिसम्म मूल्य बढेर प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको निर्णय भएसँगै ३ दिनको अन्तरालमा ४० रुपैयाँ घटेर प्रतिकिलो ४०० रुपैयाँमा आएको छ ।

सरकारले निषेधाज्ञाको समयमा पनि कुखुराको ओसारपसारका साथै मासु पसल सञ्चालनमा रोक नलगाउने बताएको छ ।

यद्यपि मासुको मूल्यमा निषेधाज्ञाको प्रभाव परेको छ । निषेधाज्ञाको घोषणापछि लाखौं मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।

यसकारण मासुको खपत घटेको मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।

उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुने गर्दछ । उपत्यका छाडेर बाहिरिनेहरू बढेसँगै खपत करीब ४० प्रतिशत घटेको बताइएको छ ।

गतवर्ष कोरोना महामारीका कारण चपेटामा परेको पोल्ट्री व्यवसायमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी नेपाल पोल्ट्री व्यवसायी महासंघले बताएको छ ।

यस वर्ष त्यस्तो अवस्था आउन नदिन तयारी कखुरा, अण्डा, दाना, औषधि लगायत वस्तु ओसारपसार तथा विक्री वितरण सहज बनाउन महासंघले सरकारसँग आग्रह गरेको छ ।

आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय