बिहिबार , बैसाख ६, २०८१

काठमाडौं ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहँदा सांसद खिमविक्रम शाही वेपत्ता भएको घटनाले राजनीतिक तरङ्ग आएको छ ।

शाही वेपत्ता भएको घटनाबारे जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कडा टिप्पणी गरेका छन् ।

रिपोर्टर्स नेपालसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष केसीले संसदीय खेलमा जे पनि हुनसक्ने बताए । उनले भने,‘संसदीय खेलमा जे पनि हुनसक्छ ।’

आफूहरुले सांसद शाही चरक अस्पतालमा रहेको जानकारी पाएको समेत बताए । उनले विस्तृत विषय बुझिरहेको समेत बताए ।

जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । प्रदेशसभामा जनमोर्चाका ३ सांसद छन् ।

उनीहरु सबैले मतदान नगरेमा प्रस्तावको पक्षमा बहुमत पुग्दैन ।

गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावको पक्षधर काँग्रेसको १५, माओवादी केन्द्रको ११, जनमोर्चाको ३ र जसपाको २ सांसद छन् ।

 

साथमा यो पनि

जनमोर्चाका वेपत्ता भनिएका सांसद चरक अस्पतालको आइसीयूमा, १३ वैशाखमै भर्ना भएको रेकर्ड

राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाही अस्पतालको आइसीयूमा भेटिएका छन् । उनी चरक अस्पतालको आइसियूमा भेटिएका हुन् ।

अविश्वासको प्रस्तावमाथि मतदान हुनुभन्दा केही घन्टा अघि वेपत्ता भएपछि उनको खोजी भएको थियो ।

खोजी गरिदिन भन्दै जनमोर्चाकी अर्की सांसद पियारी थापाले सभामुखसमक्ष निवेदन समेत दिएकी छिन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्ना सांसद खिमविक्रम शाही चरक मेमोरियल अस्पतालको आइसियूमा रहेको पुष्टि गरे ।

रिपोर्टर्स नेपालले चरक अस्पतालसँग सम्पर्क गर्दा ज्ञानबहादुर शाहीको नाममा १३ वैशाखबाट आइसियूको बेडमा ५८ वर्षीय व्यक्तिरहेको जानकारी प्राप्त भएको छ ।

अस्पतालका अनुसार १३ गते राति १२ बजेबाट शाही भर्ना भएका हुन् । उनलाई अक्सिजनको कमी भएको अस्पतालले जानकारी दिएको छ ।

ज्ञानबहादुर शाही नाममा अस्पतालमा ५८ वर्ष र पोखरा ५ जिरो किलोमिटर ठेगाना राखिएको छ ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय