बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सांसद किनबेच र अपहरणमा भूमिका खेलेको आरोप लगाएका छन् ।

उनले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहिन भई अस्पताल भर्ना भएको घटनातर्फ इंकित गर्दै सांसद किनबेचको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सांसद, किनबेच, निष्काशन, अस्पताल भर्ना र संसद बिघटन जस्ता हर्कतले सत्ता जोगिए पनि लोकतन्त्रले हार्ने टिप्पणी गरेका छन् ।

उनले देश हार्ने अवस्था आउनसक्ने उल्लेख गरे ।

डा. भट्टराईले लेखेका छन्ः सांसद किनबेच/अपहरण/निष्कासन/अस्पताल भर्ना र संसद बिघटन/स्थगन/अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला/पाउला तर अन्तत:लोकतन्त्र/समाजवाद/संघीयता/संविधानले हार्नेछ।अनि देश/राष्ट्रियता/स्वाधीनता/सार्वभौमसत्ताले हार्नेछ।वेलैमा चेतौं;राष्ट्रिय सहमति/एकता कायम गरौं।भोलि धेरै ढिलो हुनेछ!

साथै यो पनि

देश यसरी जाँदैछ मध्यावधी चुनावको बाटोमा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने गरी बन्न लागेको नयाँ समिकरणमा जनता समाजवादी पार्टी रोकिएपछि नयाँ घटना विकास हुने भएको छ ।

जसपाले अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूलाई अगाडि नबढाउने भएपछि राजनीति नयाँ ढंगले बढ्ने भएको हो ।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी मिलेर विशेष अधिवेशनको समावेदन दर्ता गरी अविश्वासको प्रस्ताव ल्याउने रणनीति बनाइएकोमा जसपाले निर्णय लिन सकेन ।

जसपाको कार्यकारिणी समितिको बैठकले कुनै निर्णय लिन सकेन ।

नेकपा माओवादी केन्द्रले काँग्रेस र जसपाबाट अविश्वासको प्रस्तावको आकांक्षा राखेको थिया् ।

उसले ओली सरकारलाई दिइआएको समर्थन फिर्ता नलिई अविश्वासको प्रस्ताव काँग्रेस र जसपाले दर्ता गरोस् भन्ने चाहेको थियो ।

जसपाले अविश्वासको प्रस्ताव ल्याउनेबारे कुनै निर्णय नलिएपछि माओवादी केन्द्र सरकारलाई दिइआएको समर्थन फिर्ता लिने पक्षमा देखिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन फिर्ता लिने निर्णयाधिकार पाएकाले उनले कुनैपनि बेला त्यस्तो निर्णय लिनसक्ने बुझिएको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसकेमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री रहने सम्भावना रहन्छ ।

कि त दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन सक्नुपर्छ ।

ओलीको विकल्पमा सरकार बनाउन काँग्रेस, माओवादी र जसपालगायत दलहरुबीच सहमति बन्न मुश्किल पर्छ ।

त्यतिबेला फेरि ओलीले अल्पमतको सरकारको प्रधानमन्त्रीका रुपमा देशलाई अर्ली इलेक्शनमा लानसक्ने सम्भावना रहन्छ ।

अहिलेको राजनीतिक घटनाक्रम मध्यावधि चुनावमै देशलाई लाने गरी बढिरहेको छ ।

यसअघि ओलीले घोषणा गरेको चुनाव असंवैधानिक भन्दै सर्वोच्च अदालतले प्रतिनिधि सभा ब्युँताएको थियो ।

रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय