बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

कपन अनलाइन

 

काठमाण्डौ महानगरपालिका वडा नं ६ र बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सिमानामा रहेको चखुंचा खोलाको आरम्भ चोक देखि फैका सम्म खोला खोलिने सम्भावना बढेको छ।

 

काठमाण्डौ महानगर र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख विच उपत्यका विकास प्राधिकरणमा भएको बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले जुनसुकै अवस्थामा पनि खोला खोल्ने अडान लिए संगै सो क्षेत्रमा डोजर चल्ने सम्भावना प्रवल बनेको हो।

 

उपत्यका विकास प्राधिकरणका प्रतिनिधि सहित काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी विच भएको छलफलमा महानगरले जसरि पनि खोला खोल्ने अडान अगाडी सार्दै बजेट व्यवस्थापनका लागि सहयोग गर्न प्राधिकरणलाई आग्रह गरेको श्रोतले जानकारी दिएको छ।

 

वर्षाको समयमा खोला खोल्दा यसले बहुआयामिक अशर पारिरहेको समयमा काठमाण्डौ महानगरपालिकाले हाल बक्स कल्भर्ट निर्माण भएर तुलनात्मक रुपमा कम प्रभावित क्षेत्रमा पनि खोला खोल्ने तयारी गरे संगै बुढानिलकण्ठ -१२ ले खोला क्षेत्रका बासिन्दाहरुलाई विभिन्न कागजात सहित सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।

 

वडा नं १२ को आरम्भ चोक हुदै तेन्जिङ चोक देखि फैका सम्म खोला र आरम्भ चोक -कपन चौकी-टेलिकम हुदै आनी गुम्बासम्म खोला क्षेत्रमा घर जग्गा रहेका वडावासीलाई घर निर्माण सम्पन्न इजाजत वा निर्माण सम्पन्नको कागजात सहित सम्पर्क गर्नका लागि वडाले सुचना जारी गर्दै अनुरोध गरेको छ।

 

वडा नं १२ की कार्यबाहक अध्यक्ष शान्ता ढकाल पुडासैनीले जारी गरेको सुचनामा स्थानीयहरुलाई जग्गा धनि प्रमाण पुर्जा (लाल पुर्जा ) को सक्कल प्रति सहित वडा कार्यालयमा सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय