सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

सरकारले जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षधर नेताहरुको माग बमोजिम मधेस आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारीवादी भई चलाइएका १५ वटा मुद्दामा संलग्न १२० जना व्यक्तिको मुद्दा फिर्ता लिने निर्णय भएको बताए ।

महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको प्रवक्ता गुरुङले बताए। मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको गुरुङले बताए।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस् ।

गण्डकीका मुख्यमन्त्री विरूद्धको अविश्वास प्रस्तावमा मतदान हुँदै

ण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदैछ।

मंगलबार प्रदेश सभा सदस्यहरूको पिसिआर परीक्षण गरिएको थियो। परीक्षणमा तीन जना सदस्यहरूलाई कोरोना पुष्टि भएको छ।

मुख्यमन्त्री गुरूङविरूद्ध नेपाली कांग्रे, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव ल्याएका छन्।

राष्ट्रिय जनमोर्चाका सांसदहरूले पनि अविश्वासको प्रस्तावमा समर्थन गरेका मुख्यमन्त्री गुरूङको पक्षमा मत पुग्ने सम्भावना कम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय