सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

धरानमा आज गर्ने भनिएको शान्ति र सद्भावका लागि सहभागी हुन ठूलो संख्यामा रहेको र्‍याली इटहरीबाट धरानतर्फ जार्दै छ। धरानमा तय भएको कार्यक्रम स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेसँगै इटहरीमा भेला भएका प्रर्दशनकारीहरू संगठीत भएर र्‍यालीसहित धरानतर्फ लागेका हुन्।

 

इटहरी मुख्य चोकबाट नाराबाजी गर्दै अघि बढेको ¥याली इटहरीको हलगढा हुँदै आपगाछीबाट अघि बढी सकेको छ। हलगढामा पनि र्‍याली अघि नबढ्न प्रहरी परिचालन गरिएपनि त्यहाँ रोक्न सम्भव नभएपछि तरहरातर्फ अघि बढेको हो। तरहराको पानीपियाबाट अघि बढ्न नदिन भने ठूलो संख्यामा प्रहरी बिहानैदेखि परिचालन गरिएको छ। प्रदर्शनकारीले भने तरहरामा प्रहरीको घेरा तोडेर धरानमै पुगेर प्रदर्शन गर्ने अडान लिएका छन्। प्रहरीले भने तरहराबाट कुनै पनि हालतमा अघि बढ्न नदिने तयारीका साथ रणनीति बनाएको जनाएको छ।

 

र्‍याली मा सहभागीले ‘गौ हत्या गर्न पाइँदैन, धर्म परिवर्तन गर्न पाईदैन, गौ हत्या गर्नेलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे’ जस्ता नाराबाजी गरेका छन्।

 

धरानमा सद्भाव खल्बलिने भन्दै हिन्दूवादी धार्मिक संघसंस्थाहरूले आज गर्न लागेको कार्यक्रम तत्काल नगर्न सुनसरी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको सर्वपक्षीय छलफलले अपिल गरेको थियो। जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेबाहेक सामूहिक रुपमा धार्मिक, राजनीतिक, सभा, र्‍याली–भेलालगायतका कार्यक्रम नगर्न–नगराउन निषेधाज्ञा जारी गरेको छ । आदेशको अटेर गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने प्रशशासन कार्यालयद्दारा जारी सूचनामा उल्लेख छ।

 

धरानमा धार्मिक एवम् सामाजिक गतिविधि खल्बलिन नदिन शुक्रबार सद्भाव ¥याली प्रदर्शन गरिएको थियो। धरान सबै जातजाति, भाषा, धर्मको साँझा फूलबारी भएको जनाउँदै सदियौंदेखि धार्मिक र सामाजिक सद्भाव कायम रहेकाले त्यसलाई थप मजबुद बनाएर लैजाने सन्देश प्रवाह गर्दै सद्भाव र्‍याली प्रदर्शन गरिएको थियो।

 

शुक्रबार सद्भाव र्‍याली प्रदर्शन गर्नुअघि धरानमा क्रियासिल राजनीतिक दल तथा सम्बन्धित पक्षबीच वृहत्त छलफल समेत भएको थियो । छलफलपछि १३ स्थानीय राजनीतिक दलहरुले सामाजिक तथा धार्मिक सद्भाव भड्किन नदिने निश्कर्ष समेत निकालेका थिए।

 

पछिल्लो समय धरान वडा नं. १४ विजयपुरमा रहेको बालगोपाल मन्दिर अगाडि बनेको चर्चको विषय र एक साताअघि साँस्कृतिक अभियान भन्दै धरान वडा नं. ११ मंगलबारे चौकको सार्वजनिक स्थलमा गोरु काटेर सामूहिक भोज गरि भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि धार्मिक र सामाजिक सद्भाव बिथोलिएर उत्कर्षमा पुगेको हो ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय