
हिन्दु धर्मावलम्बीहरू भ्गवानको पूजा आराधना तथा दर्शन गर्नका लागि मन्दिरमा जान्छन् । मन्दिरमा हुने देवी देवताका मूर्तिमा फूल, अक्षता तथा प्रसाद अर्पण गरी पूजा गरिन्छ । तर संसारमा एउटा यस्तो रहस्यमय मन्दिर छ जहाँ भगवानलाई हेर्न वर्जित छ । उक्त मन्दिरमा पुजा आराधना गर्न जाने भक्तजनहरुले आँखामा पटि्ट लगाएर पुजा गर्दछन् ।
भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको देवाल विकासखण्ड अन्तरगत वाण गाउँमा रहेको लाटू देवताको मन्दिर सायद संसारकै एउटामात्रै यस्तो मन्दिर हो जहाँ मूर्तिको दर्शन गर्न पाइँदैन ।यो मन्दिरमा पुजारीहरूको प्रवेशका लागि पनि अनौठो नियम बनाइएको छ । पुजारी बाहेक अरु महिला र पुरुष कसैलाई पनि मन्दिरभित्र जाने अनुमति छैन । मन्दिरमा मूर्तिको स्वरुपको दर्शन गरिंदैन । दर्शनार्थीले मात्र होइन पुजारीहरूले पनि मूर्ति हेर्दैनन् । मन्दिरभित्र जाँदा पुजारीले पनि आँखामा पट्टी लगाउँदछन् ।