सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

पोखरामा घुमुवा प्रहरीले लखेटेपछि सन्तोष नदिमा हाम्फाले, ३ जना ड्रग्स केसमा समातिएपोखरामा घुमुवा प्रहरीले समात्न खोजेपछि एक युवा सेती नदीमा हामफालेर बेपत्ता छन् ।

 

बुधबार सिभिल प्रहरीको टोली चारजना युवालाई लागुऔषध सेवन तथा कारोबारको आशंकामा नियन्त्रणमा लिन पोखरा १ सिम्पानी नजिकै कसेरी गएको थियो । प्रहरीले उनीहरुका साथीहरुलाई नै प्रयोग गरी रंगेहात पक्रने योजना बनाएको थियो ।

 

तीनजना युवक पक्राउ पनि परे । तर, अर्काे एक जना भने प्रहरीलाई देखेपछि नदितिर भाग्न थाले । सेतीमा हाम फाल्ने युवा पोखरा–१ कसेरीका २८ वर्षीय सन्तोष तामाङ रहेका छन् । स्थानीयवासीले भने प्रहरीले लखेटेपछि डराएर सन्तोषले नदीमा हाम फालेको र प्रहरी त्यसपछि उद्धार नगरी फर्केको बताएका छन् ।

 

सन्तोषका भाइले नै दाइ नदीमा हाम्फालेको देखेको भन्दै प्रहरीलाई भनेपनि उद्धार नगरी फर्किएको जिकिर गरेका छन् । नदीमा हाम फालेको चार घण्टा घण्टापछि मात्रै प्रहरी खोज्न भनेर सेती नदी किनार पुगेको थियो ।

 

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्रवणकुमार बिक नै घटनास्थल पुगेका थिए । समातिने युवा कारोबारी हुन् कि प्रयोगकर्ता अनुसन्धानकै क्रममा रहेकोे प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय