मंगलबार , बैसाख ४, २०८१

काठमाडौं।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आन्तरिक संघर्ष जारी राख्ने भएको छ।

बुधवार बसेका स्थायी कमिटी बैठकले केपी ओलीजीको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध आन्तरिक संघर्ष जारी राख्ने निर्णय गरेको हो।

कोरोना भाइरसको महामारी बढेका कारण केही गतिविधि स्थगित गर्नु परे पनि आन्तरिक संघर्षलाई जारी राख्ने निष्कर्ष निकालिएको रामकुमारी झाक्री ले बताइन ।

उनले पार्टी विधान विपरीत चलाएका गतिविधिविरुद्ध सुरु गरिएको अभियान जारी राख्ने भन्ने निष्कर्ष निकालिएको बताए।

‘केपी ओलीजीले स्वेच्छाचारी ढंगले विधान विपरीत चलाएका गतिविधिविरुद्ध सुरु गरिएको अभियान जारी राख्ने भन्ने निष्कर्ष निकालिएको छ,’ , ‘केपी ओली नसच्चिएसम्म हाम्रो अभियान जारी रहन्छ।’झाक्री ले भनिन

यो पनि पढ्नुहोस् ।

पोखरा ।

राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ ।

संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी हुन् ।

सांसद थापाले मंगलबार संसदीय दलकाे बैठक बसेर अविश्वासकाे प्रस्तावका पक्षमा एक भएर जाने छलफल भएकाे तर शाही बुधबार एक्कासी सम्पर्कविहीन भएको बताए ।

‘हिजाे एक भएर जाने निर्णय भएकाे थियाे, आज के भएर आउनु भएन, कतै बिरामी पाे हुनुभयाे कि खाेज्नुपर्‍यो’ उनले भनिन् । सुदर्सन खवर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय