बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

भगवान शिवको प्रिय महिना साउन सुरु हुँदै छ । साउनको सुरुवात सँगै बोलबम यात्रा पनि सुरु हुन्छ, जुन साउने शिवरात्रिसम्म चल्नेछ । मलमासले गर्दा अतिरिक्त महिनाका कारण यस पटक साउनमा चार नभई आठ वटा सोमबार मनाइने छ । साउन महिना दुई महिनाको भएकाले भक्तजनले यस पटक शिवजीको बढीभन्दा बढी आराधना गर्ने मौका पाउनेछन् ।

 

साउन महिना र साउने सोमबारको महत्त्व

 

साउन महिनामा भगवान शिवको पूजा–आराधनाको विशेष महत्त्व छ । यो महिनामा साउनको सोमबार व्रत बसेर साउनमा स्नान गर्ने चलन छ । शिव पुराण अनुसार जसले साउनको सोमबार व्रत बसी शिवलिंगमा बेलपत्र चढाउँछ भगवान शिवले उसको सबै मनोकामना पूरा गर्नुहुन्छ । साउन महिना भगवान शिव र माता पार्वती प्रति समर्पित छ। यो महिना साँचो मनले भगवान शिव र माता पार्वतीको पूजा–आराधना गर्नाले जीवनका सबै कष्टहरू हटेर भगवान शिवको आशीर्वाद प्राप्त गर्न सकिन्छ । यससँगै सुख, समृद्धि, वैभव, ऐश्वर्य एवं मोक्ष पनि प्राप्त हुन्छ।

 

साउने सोमबारका महत्त्वपूर्ण तिथिहरू

 

साउनमा मलमास वा अधिकारमासका कारण आठ वटा सोमबार व्रत बसिन्छ । यस पटक पहिलो साउने सोमबार असार २५ गते, दोस्रो साउने सोमबार साउन १ गते , तेस्रो साउने सोमबार साउन ८ गते, चौथो साउने सोमबार साउन १५ गते, पाँचौँ साउने सोमबार साउन २२ गते , छैटौँ साउने सोमबार साउन २९ गते , सातौँ साउने सोमबार भदौ ४ गते तथा आठौँ साउने सोमबार भदौ ११ गते परेको छ।

 

भगवान शिवको अभिषेकको विशेष महत्त्व

 

दूध

 

साउन महिनामा भगवान शिवलाई दूधले अभिषेक गर्नाले सौभाग्य र शान्ति प्राप्त हुन्छ ।

 

दही

 

शिवलिंगलाई दहीले अभिषेक गर्नाले बाधा-अबरोधहरू हटेर सबै प्रकारका कार्य पूरा हुन्छन्।

 

गंगाजल

 

साउनमा गङ्गा जलले शिवलिंगको अभिषेक गर्नाले मोक्ष प्राप्त हुन्छ ।

 

कुशजल

 

साउनमा कुशजलले शिवलिंगको अभिषेक गर्नाले सबै प्रकारका रोग नष्ट हुन्छन् ।

 

उखुको रस

 

साउन महिनामा शिवलिंगमा उखुको रसले अभिषेक गर्नाले लक्ष्मी र वैभव प्राप्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय