माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।
बाबुरामलाई भेट्न टोेखास्थित निवासमै पुगेका प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् ।
साँझ ७ बजेबाट भएको भेट ८ बजे सकिएको थियो । एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको थियो ।
त्यसअघि प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
प्रचण्डले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको गृहकार्य गरिरहेका छन् ।
उनले काँग्रेस या जसपामध्ये एकलाई सरकारको नेतृत्वका लागि मनाउन लागिपरेका छन् । तर, दुवै दलको आ आफ्नै दाबी गरेको बुझिएको छ ।