बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

जुम्ल्याहा दाजुभाईको २७ घण्टा लामो शल्यक्रियापछि डाक्टरहरुले टाउको छुट्याएका छन् । खबर हो ब्राजिलको ।ब्राजिलका ३ वर्षका जुम्ल्यहा दाजुभाइृ बर्नाडो र आर्थर लीमाको रियो द जेनेरियोमा लगातार ७ वटा शल्यक्रिया पश्चात उनीहरुको टाउको अलग गरिएको भारतीय मिडियाहरुले जनाएका छन् ।

 

जसका लागि एक एक ब्रिटिश न्यूरोसर्जनको सहयोगमा ब्राजिलका ख्यातिप्राप्त न्यूरोसर्जनका साथमा बालरोग विशेषज्ञ डाक्टर र बाल रोग सर्जनहरुले यो समस्यालाई सधामान गरेर संसारलाई चकित पारेको दाबी गरिएको छ ।

 

ग्रेट अरमोण्ड स्टिट हस्पिटलमा बाल रोग सर्जन डाक्टर नुर उल ओवासेले नजिकबाट रेखदेख गरिरहेका थिए । यो शल्यक्रियाका लागि डा जिलानीले पनि आर्थिक सहयोग गरेको समाचारमा जनाइउको छ ।

 

शल्यक्रियामा लण्डन र रियो दी जेनेरियोका सर्जनहरुले एमआरआई स्क्इानका आधारमा उनीहरुको पटक पटक परिक्षण गरेका थिए । यो शल्यक्रिया २७ घण्टासम्म चलिरहँदा डाक्टरले बिचबिचमा खाना र पानीका लागि मात्र १५ मिनेको रेस्ट लिएको समेत बताइन्छ ।

 

शल्यक्रिया चलिरहँदा विभिन्न देशका नामी सर्जनहरुले हेडसेट लगाएर शल्यक्रियालाई सफल पारेका थिए । बच्चालाई शल्यक्रिया गरेर जोखिममा पार्नु अघि चिकित्सकहरुको टोलीले लामो समय अध्ययन गरेर उनीहरुलाई हानी नपुग्ने किसिमले काम गरेकै कारण आज यो शल्यक्रिया सफल भएको छ ।

 

जसलाई डाक्टर जिलानीले यो शल्यक्रिया मंगल ग्रहमा मानिस पुग्नु जस्तै कठीन कामलाई सफल पार्न चिकित्सकहरु सफल भएको प्रतिक्रिया दिएका छन् ।शल्यक्रियापछि दु्वै बालकहरुको मुटुको धड्कन र रक्तचाप बढेको तर ४ दिनपछि

 

अहिले ठिक ठाउँमा आएको बताइएको छ ।यो शल्यक्रियालाई सफल बनाउनमा ब्राजिलको बाल चिकित्सा सर्जरीका प्रमुख डाक्टर मुफरेजको टिम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय