शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीभित्र आन्तरिक संघर्ष जारी राख्ने निर्णय गरेको छ ।

आज बसेको नेपाल–खनाल समूहको बैठकले अध्यक्ष केपी शर्मा ओलीको गतिविधि स्वेच्छाचारी, पार्टीको विधानविपरित भएको निष्कर्ष निकालिएको नेता भीम रावलले जानकारी दिए ।

उनले भने,‘अहिले कोरोना महामारीलाई ध्यानमा राखेर हाम्रो अभियानलाई जारी राख्नुपर्छ भन्ने निष्कर्ष निकालेका छौँ ।’

नेता रावलले कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारसँग आग्रह गर्ने निर्णय समेत आफ्नो समूहको स्थायी कमिटिको बैठकले गरेको जानकारी दिए ।

कोरोनाका कारण समानान्तर गतिविधि केही कम हुने भए पनि नरोकिने उनले बताए । उनले भने,‘कोरोनाका कारण कतिपय गतिविधि कम हुनसक्छन् । हामी अभयिानलाई बन्द गर्ने अवस्थामा पुगेका छैनौँ ।’

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पौडेलले नेकपा(एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीले आजै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो ।

नवनियुक्त मन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । खवरहव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय