सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने, सोही दिन पाकिस्तान जान तयारीकाठमाडौँ । सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका लागि पेसी तोकिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतबाट माग भएको कागजात अदालतमा प्राप्त भइसकेको भन्दै अदालतले आगामी आइतबारका लागि पेसीमा राखेको हो । यद्यपि साप्ताहिक पेसी भने शुक्रवार मात्रै प्रकाशन हुनेछ । अदालतले आदेश गरे बमोजिम स्थानीय तहबाट पीडित गौशाला २६, उनका परिवारका सदस्यहरूको जन्म मिति खुल्ने कागजात र बसाइसराई गरी जाँदा पेस गरेको कागजातको प्रमाणित प्रतिलिपि स्थानीय तहबाट प्राप्त भइसकेको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार कागजात प्राप्त भए पनि सिलबन्दी रहेको उक्त कागजात भने इजलासमै खोल्ने तयारी गरिएको छ ।

 

सन्दीपले भने, ‘मलाई दर्ताको किताब शुभचिन्तकले दिएका हुन्’

 

काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार अदालतले प्रतिवादी सन्दीप लामिछानेसँग पनि पुनः सोधपुछ गरेको छ । लामिछानेले बयानका क्रममा पीडित गौशाला २६ को भनी पेस गरेको जन्म दर्ता किताबको फोटोकपी कहाँबाट प्राप्त गरेको भनी अदालतले लिखितरुपमा सोधेको थियो ।

 

जवाफमा लामिछानेले उक्त कागजात आफूलाई कुनै शुभेच्छुकले दिएको तर कसले दिएको याद नभएको बयान दिएका छन् । सन्दीपको तर्फबाट अदालतमा पेस भएको जन्मदर्ताको किताबमा पीडित गौशाला २६ को जन्म मिति २०६१ जेठ १८ गते उल्लेख रहेको छ । यद्यपि पीडितको बसाइसराइँ भएको स्थानको स्थानीय तहले भने आफ्नो स्थानीय तहमा त्यस्तो दर्ता किताब नै नरहेको भनी यसअघि नै जवाफ पठाइसकेको छ ।

 

आइतबार नै लामिछाने पाकिस्तान जाने तयारीमा

 

यसैबीच प्रतिवादी सन्दीप लामिछानेले सफाई पाएको अवस्था वा उक्त दिन मुद्दाको टुङ्गो नलागेमा भदौ १० गते आइतबार राति नै पाकिस्तान जाने तयारी गरेका छन् । लामिछानेका एक कानुन व्यवसायीका अनुसार फैसला भई सफाई पाएमा

।। वा सुनुवाइ नभएमा सोही दिन सन्दीप एशिया कप खेल्न पाकिस्तान जाने तयारी गरेका हुन् । त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान) र अदालतसँग कुराकानी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय