शनिबार , बैसाख ८, २०८१

काठमाडौँ

प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले मुलुकमा अस्थीरता फैलाउने प्रयास भएको भन्दै यसलाई असफल पार्ने बताएका छन् ।

बुधबार नेकपा एमाले काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा उनले आफ्नै पार्टीका नेताहरु सरकारलाई असफल देखाएर मुलुकमा अस्थीरता पैदा गर्ने प्रयासमा लागेको बताएका हुन् ।

उनले सरकारलाई काम गर्न नदिने तत्वहरु सक्रिय भएको पनि बताए ।

मुलुकमा भएको विकास निर्माणलाई जनताले हेरिरहेको भन्दै उहाले कसैले सरकारको नकारात्मक प्रचार गरेर केहि नहुने धारणा राखे ।

थापाले वर्तमान सरकारले पाँच बर्ष मुलुकको विकासमा काम गर्ने तर्क गरे ।

कार्यक्रममा एमाले काठमाडौं सम्पर्क मञ्चद्वारा प्रकाशित भित्तेपात्रो प्रकाशित गरिएको थियो ।

साथमा यो पनि

वाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र १ राज्यमन्त्री थपिए

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

पौडेलले नेकपा(एमाले)का प्रमुख सचेतक केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानूनमन्त्री, सरेश नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकासमन्त्री र डा रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीले आजै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा प्रस्तावक रहेका शालिकराम जम्मकट्टेल, अरुणप्रसाद नेपाल र युवराज दुलालले राजीनामा दिएपछि ती पद रिक्त रहँदै आएको थियो ।

नवनियुक्त मन्त्रीले आज अपराह्न आआफ्नो मन्त्रालयको कार्यभार सम्हालेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयले जनाएको छ । खवरहव

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय