बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

केही समय अगाडी बच्चाहरुको सुनको मुन्द्रा चोरी गरेको अभियोगमा पक्राउ परेकी एक युवती फेरी दोस्रो पटक पनि त्यस्तै अभियोगमा पक्राउ परेकी छन् ।

 

पहिलो पटक उनी अदालतवाट धरौटीमा रिहा भएकी थिइन् । त्यो घटना भएको धेरै दिन नहुँदै उनी फेरी अर्को घटनामा पक्राउ परिन् ।त्यस्तो घटनामा संलग्न अम्बीका पुलामी मगरलाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनी विद्यालयको गेटमा गएर दिनभरी उभिन्थिन् । उनी विद्यालयमा आएका बालबालिकाले कानमा के लगाएका छन् ।

 

भनेर निकै ध्यान दिन्थिन् । कानमा सुनका मुन्द्रा वा झुम्का लगाएकाहरुलाई चकलेट वा अन्य खानेकुरा दिएर फकाएर उनीहरुको कानवाट झिकेर लैजान्थिन् । उनले आफुलाई उनीहरुको माइजु वा आन्टी भन्दै सम्झाउँथिन् ।कानवाट सुनका झुम्का वा मुन्द्रा निकालेर त्यस्तै नक्कली लगाएर पठाइदिन्थिन् ।

 

त्यसरी चोरेर जम्मा पारेको सुन पसलमा गएर बेन्च्नेगरेकी थिइन् । उनले सुन पसलेलाई आफु निकै अप्ठेरोमा परेको र यो सुन आफ्नै हो भन्दै बेच्ने गर्थिन । २५ वर्षकै उमेरमा यस्तो काम गर्ने महिलालाई कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । यस अघि पनि सोही प्रकृतिको घटनामा पक्राउ पर्दा त्यसवारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय