शुक्रबार , चैत्र १६, २०८०

जनकपुरधाम ।

रोममा एक जना राजा थिए, निरो । उनी बाँसुरीका सोखिन थिए । सम्पूर्ण रोम जलिरहँदा राजा निरो भने बाँसुरी बजाइरहेका थिए ।

अहिले प्रदेश २ सरकारको अवस्था यस्तै छ । बिश्वब्यापी रूपमा फैलिएको कोरोना महामारीको प्रकोप बढेसंगै अस्पतालहरुमा अक्सिजन अभाव सुरु भएको छ । भेन्टिलेटर भरिभराउ छन् ।

तर, प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अहिले धार्मिक संस्थालाई झ्याली, हार्मोनियम, मादल, ढोलक लगायतका सामग्रीहरू बितरण गर्दैछ ।

कोरोना महामारीले विकराल रुप लिए पनि प्रदेश सरकारले यसको रोकथाम एवं नियन्त्रणका लागि खासै पहल नगरेको गुनासो स्थानियले गरेका छन् ।

हालै प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले धार्मिक संघसंस्थाहरूलाई वस्तुगत सहयोगका लागि लाभग्राही छनोटसम्बन्धी ७ दिने सूचना प्रकाशन गरेको देखिएको छ ।

प्रदेशका जनताहरु कोरोना महामारीको चपेटामा परिरहेको अवस्थालाई कुनै ख्याल नै नगरी यस्तो समयमा पनि मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रम अनुसार धार्मिक संघसंस्था, मठमन्दिर, किर्तनमण्डली, नाट्यकला समूह, गायन मण्डली, नृत्य समूहहरूलाई हार्मोनियम, मादल, झ्यालीलगायतका सामग्रीहरु वस्तुगत सहयोग गर्न लागेको छ ।

प्रदेश सरकारको यो हास्यास्पद , अनुत्पादक , जनताको हितबिपरित को निर्णय रहेको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले आरोप लगाए ।

अहिले प्रदेश सरकारको हार्मेनियम वितरण अभियानलाई समाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । समाजिक सञ्जालमा आलोक चौधरीले व्यंग्य गर्दै लेखेका छन् ‘किर्तन गरेरै कोरोना भगाउन सकिन्छ रे ?’

चेम्बर अफ कर्मश जनकपुरका अध्यक्ष विजय साह लेख्छन् ‘यो कमिसन खोर सरकारसंग के आशा गर्न सकिन्छ,जनताको आस मात्र अब जानकी माता संग मात्र छ,अ ाफु बाचौ,अरुलाई बचाउ ।’

नेपाली कांग्रेसका युवा नेता प्रमोद चौधरीले दुख व्यक्त गर्दै लेखेका छन् ‘आफनै कपाल नोच्ने ईच्छा भइरहेको छ ।’ उद्योग वाणिज्य, वन तथा पर्यटन मन्त्री रामनरेश राय राजनीतिमा आउनु भन्दा पूर्व नाचपार्टीमा सक्रिय थिए ।

दर्जनौ व्यक्तिले मन्त्रीसंग नाचपार्टी जोडेर आलोचना गरेका छन् । चिकित्सक डा. सज्जन ठाकुर लेख्छन ‘ड्रामा कम्पनीबाट अरु के अपेक्षा गर्ने । झाल बजाउने ढोलक बजाउने बाहेकको यो सरकार केही गर्न सक्दैन ।’

कपिलदेव यादव लेख्छन ‘अहिलेको परस्थितिमा अक्सिजन, मेडिसिन लगायत कोरोना भाइरसबाट जनतालाई बचाउनको निम्ति लाग्नु पर्ने समय मा मन्त्रीले झाइल , हर्मोनिया, ढोलक बितरण मा लागेका छन् ….सोच आफ्नो–आफ्नो तर ओहियात ।’

जसपाकै युवा नेता अरुण झाले नचनिया मन्त्रीले यस्तै कार्य गर्छन भनेर सरकारको आलोचना गरेका छन् । उनले लेखेका छन ‘मधेशी जनताको रगतबाट बनेको सरकारका प्रतिनिधिहरु जनताको काम गर्नु भन्दा आफना गोजी भर्नामा व्यस्त देखिएका छन ।’ राजधानी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय