
डनले बालेनको डोजर आ’गो ल’गाउछु भनेपछि हंगामा,सरकारी जग्गामा माफियाको रजाई एकाएक चल्यो रुवाबासी_Balen
र यो पनि
१६ वर्षकी समीक्षा एसईई परीक्षा दिएकी थिइन्। एसईईपछि उनको स्टाफ नर्सका लागि ब्रिज कोर्सको तयारी गरिरहेकी थिइन्।
काठमाडौंमा उनकी फुपु पनि बस्थिन्। उनी कानुनमा स्नातक पढिरहेकी थिइन्। फुपु-भदै सँगै बस्थे।
केही दिनअघि उनकी साथीको विवाहको टुंगो लाग्यो। उनको विवाह हुने तयारी थियो। त्यसैका लागि उनी र रोजिता पुगे। त्यो दिन उनीहरू इँटाभट्टीमा आफन्तको घरमा बसे।अर्को दिन बिहान ९ बजेतिर स्कुटरमा आएका एकजना युवकसँग समीक्षा आधा घन्टाको लागि भन्दै रोजितासँग विदा मागेर घरबाट निस्किइन्।
आधा घन्टाका लागि भन्दै हिँडेकी समीक्षा दिउँसोसम्म पनि घर फर्किनन्। रोजितालाई म्यासेज गरेर साथीहरूसँग फिल्म हेर्दै गरेको र केहीबेरमा घर आउने बताइन्।
दिउँसो म्यासेज गरेकी समीक्षा साँझसम्म पनि घर नपुगेपछि रोजिता आफैंले फोन गरिन्। जवाफमा समीक्षाले केहीबेरमा घर आउने भनिन्।केहीबेरमा आउने भन्दै बिहानै घरबाट हिँडे पनि साँझसम्म नफर्किएपछि रोजिताले समीक्षालाई हप्काएर छिटो घर आउन भनेकी थिइन्।
त्यसपछि भने समीक्षा न घर फर्किइन् न त घरबाट आउने फोन नै उठाइन्। शनिबार दिउँसो ४ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै शुक्रबार युवकको साथ घरबाट हिँडेकी समीक्षाको शंकास्पद मृत्युबारे उनको परिवारले थाहा पायो।
शुक्रबार राती एक युवकको साथमा बुटवल वडा नं. ३ गोलपार्कस्थित गोलपार्क होटलमा पुगेकी समीक्षा शनिबार दिउँसो मृत भेटिइन्।
प्रहरीका अनुसार शुक्रबार राती एक जना युवकभन्दा आधा घन्टापहिले होटलमा पुगेकी समीक्षा आफैंले होटलको कोठा बुक गरेकी थिइन्। युवक भने आधा घन्टा पछिमात्रै होटल पुगेका थिए। कोठा बुक गर्दा समीक्षाले केहीबेरमा दाइ पनि आउने बताएकी थिइन्।
होटल सञ्चालकले प्रहरीलाई बताए अनुसार रातभर कोठामा सँगै बसेका युवक शनिबार बिहान आठ बजेतिर कोठाको भाडा बुझाएर होटलबाट निस्किएका थिए।
दिउँसो १२ बजेसम्म समीक्षा ननिस्केपछि होटलवालाले ढोकामा हानेका थिए। भित्रबाट कुनै आवाज नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए।