बिहिबार , मंग्सिर २३, २०७८

काठमाडौं ।

सरकारले जनता समाजवादी पार्टी नेपालको माग अनुसार केही मुद्दा फिर्ता लिएपछि पार्टी सरकारसँग विश्वासको वातावरण तयार भएको पार्टी वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् ।

‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ ।

सरकारले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा जसपा नेपालले धन्यवाद ज्ञापन गर्दछ ।

सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ ।’

 

याे पनि

यी हुन् मुद्दा फिर्ता भएका १२० जना (सूचीसहित)

​तर सोही पार्टीका कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले भने आफूहरुले सरकारसँग पाँचवटा माग राखेको र सो माग पुरा भएपछि मात्र सत्तासमीकरणको बारेमा छलफल गर्ने बताए ।

मुद्दा फिर्ता, राजबन्दी रिहाइ, नागरिकताको विषय, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग पुरा भएपछि मात्र सरकारलाई समर्थन गर्ने कि नगर्ने विषयमा छलफल गर्ने उनले बताए ।

‘अहिले जति जनाको मुद्दा फिर्ता गरेको छ । त्यसका लागि सरकारलाई धन्यवाद ।

यो राम्रो सुरुवात हो, यसलाई जसपा नेपाल स्वागत गर्दछ तर अहिले नै सरकारलाई समर्थन गर्ने अवस्था रहेको छैन,’ उनले भने । उ

नले नेकपा एमालेसँग मात्र होइन, अन्य दलसँग पनि सत्ता सहकार्यको बारेमा अहिले कुनै कुरा नहुने बताए ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय