शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

प्रसिद्ध लोकोक्ति छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा ।

कोरोना महामारीको दोस्रो लहरले देशनै आक्रान्त भएको बेला बुधबार त्यहाँ गहना खोज्ने जात्रा मनाइएको छ ।

गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ ।

कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ ।

बिरामीहरुले अस्पतालमा बेड नपाएर बरन्डामा बसेर उपचार गरिरहेका छन् ।

अस्पतालका डाक्टरहरुले स्वास्थ्य व्यवस्था नै ‘कोल्याप्स’ हुनसक्ने चिन्ता व्यक्त गरिरहेका छन् ।

संक्रमणको चेन ब्रेक गर्न बिहीबारदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा नै लगाइएको छ ।

स्वास्थ्य मन्त्रालय लगायत फ्रन्टलाइनमा खटिने डाक्टरहरुले हरेक दिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेका छन् ।

तर, निषेधाज्ञाको ठीक एक दिन अघि कोरोनाको ‘हटस्पट’ बनेको काठमाडौँमा स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै ‘जात्रा’ मनाइएको छ ।

आज काठमाडौँमा देशभर कै सर्वाधिक १४६४ जनामा संक्रमण पुष्टि भएको छ ।

रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय