बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

सम्पर्कविहीन भनिएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही चरक मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना भएको अस्पतालले बताएको छ ।

अस्पतालका एक उच्च अधिकारीका अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आईसीयू कक्षमा शाहीको उपचार भईरहेको अस्पतालले बताएको छ ।

‘शाहीमा कोरोना संक्रमण भएको र उनको अहिले आईसीयूमा उपचार भईरहेको छ,’ अस्पताल श्रोतले भन्यो ।

तर, गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने शाहीको रिपोर्ट नेगेटिभ रहेको बताएको छ । ‘हामीलाई बुधबार दिउँसो चारबजेसम्मको रिपोर्ट अनुसार शाहीको रिपोर्ट नेगेटिभ छ,’ निर्देशनालयका एकजना वरिष्ठ अधिकृतले भने, ‘प्रदेशसभाका सदस्यहरुको हिजै परीक्षण गरिएको हो ।

ती मध्ये तीनजनाको रिपोर्ट पोजेटिभ आएको हो । तर शाहीको रिपोर्ट नेगेटिभ छ ।’ रिपोर्ट नै नेगेटिभ आउँदाआउँदै अस्पतालमा कोेरोना भयो भनेर उपचार गरेको भए त्यो राम्रो नहुने ती अधिकृतले बताए ।

शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव नै संकटमा परेको छ । अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्ने दिन बुधबार विहानदेखि शाही सम्पर्कविहीन भएका थिए । तर, उनी मध्यान्ह अस्पतालमा भर्ना भएका थिए ।

 

यो पनि पढ्नुहोस् ।

पदमुक्त मन्त्रीहरुले पुनः सपथ लिए

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा फ्लोर क्रस गरेर विश्वासको मत दिएर पदमुक्त भएका तीनजना मन्त्रीहरुले पुनः सपथ लिएका छन् ।

बुधबार नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराए हुन् ।

बुढा उद्योग, पर्यटन, वन तथा वातावरण, थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको सपथ खाएका प्रदेश सरकारले जनाएको छ ।

३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि दलको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा एमालेले तीन मन्त्रीसहित प्रकाश ज्वालालाई दल त्यागसम्बन्धी कारबाही गरेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।

उक्त विषय सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि चारजना सांसदको पद रिक्त भएको थियो ।

सांसद पद रिक्त भएसँगै तीनजना मन्त्रीहरु पदमुक्त भएक थिए । अब उनीहरु सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान छ ।

नागरिकन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय