बुधबार , बैसाख १२, २०८१

टोकियो ।

जापानका मासाजो नोनाका विश्वकै सबैभन्दा बढी उमेरका बृद्ध व्यक्ति घोषित भएका छन् ।

गिनिज वर्ड रेकर्डले आधिकारीक रुपमा मासाजोलाई विश्वकै बृद्ध पुरुष व्यक्तिको रुपमा हिजो प्रमाणपत्र समेत प्रदान गरेको छ ।

१ सय १२ बर्षीय मासाजो जापानको उत्तरमा रहेको होक्काइदोमा बसोबास गर्दै आएका छन् ।

सन् १९०५ मा जन्मिएका मासाजो हाल १ सय १२ बर्ष २ सय ५९ दिनको भएका छन् ।

परिवारका सदस्यहरुलाई उदृत गर्दै गिनिज बुक अफ वर्ड रेकर्डले अनलाईनमा उनले दिनको तीनपटक खाना खाने गरेको तथा उनलाई टिभिमा सुमो हेर्न मन पर्ने उल्लेख गरेको छ । यसैगरि गित सुन्न समेत मन पराउने मासाजो परिवारका सदस्यहरुसँग राम्रोसँग कुरा गर्न सक्ने अवस्थामा रहेका छन् ।

यसअघि स्पेनमा फ्रान्चिस्को नुन्जे ओलिभर विश्वकै सबैभन्दा बृद्ध व्यक्ति थिए । उनको १ सय १३ बर्षको उमेरमा गत जनवरीमा निधन भएको थियो ।

सन् १९०५ जुलाई २५ तारिखमा जन्मिएका नोनाका अघि जापानबाट सबैभन्दा बढी उमेरको बृद्ध पुरुषको रुपमा जिरोइमोन किमुराले रेकर्ड राखेका छन् । सन् १९९७ मा जन्मीएका उनको १ सय १६ बर्ष ५४ दिनको उमेरमा सन् २०१३ जुन १२ तारिखमा निधन भएको थियो ।

विश्वकै सबैभन्दा बढी उमेर बाँचेका बृद्ध पुरुषको नाम भने १ सय २२ बर्ष १ सय ६४ दिन रहेको छ । यो रेकर्ड फ्रानसका जोइनी लुइस कलमेन्टले लेखाएका छन् । उनको सन् १८७५ मा जन्म भएको थियो भने सन् १९९७ मा निधन भएको थियो ।

यो पनि …

एजेन्सी ।

जन्मदर लगातार घटेपछि पोल्याण्ड सरकारले आफ्ना नागरिकलाई खरायोले जस्तै धेरै बच्चा जन्माउन नागरिकलाई आग्रह गरेको छ ।

युरोपेली मुलुक पोल्याण्डले आफ्ना जनतालाई खरायोको बानी सिक्न समेत भनेको छ ।

युरोपमा सबैभन्दा कम जन्मदर भएको पोल्याण्डमा जनताले बच्चा कम जन्माउँदा सरकारलाई चिन्ता परेको छ ।

हरेक वर्ष बुढो भैरहेको र घटिरहेको जनसंख्याका कारण चिन्तित बनेको सरकार आफ्ना जनतालई धेरै भन्दा धेरै बच्चा जन्माउन प्रेरित गर्दै अनेक उपाय अपनाइरहेको छ ।

सरकारले जनतालाई स्वस्थ भोजन गर्न, व्यायाम गर्न, तनाव तथा अल्कोहलबाट टाढा रहन भन्दै खरायोले जस्तै प्रजनन गरी प्रसस्त बच्चा जन्माउन जनतालाई आग्रह गरिरहेको छ । टप नेपाल न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय