सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालमा केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद देखिएको छ ।

बालकुमारीमा जम्मा भएका शीर्ष नेताहरुबीच अनौपचारिक छलफलमा केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद देखिएको हो ।

सत्ता समीकरणमा कित्ता क्लियर गर्न सकस परेको बेला बैठक बसेर छलफल गर्न समेत नसक्ने अवस्थामा जसपा पुगेको छ। छलफलमा महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई सहभागी थिए।

जसपाका एक नेताका अनुसार भट्टराई र यादव तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्ने प्रस्ताव गरेका थिए।

तर, ठाकुर र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न सकेन। यादव र भट्टराई लगायतका नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे कार्यकारिणी समितिको बैठकबाट धारणा बनाउनुपर्ने बताएका थिए।

ठाकुर र महतोले भने कोरोनाको दोस्रो लहर बढेको बेलामा बैठक बस्न अनुपयुक्त हुने बताए। पर्सिबाट उपत्यकामा निषेधाज्ञा सुरु हुने भएकाले बैठक बस्न नसक्ने उनीहरूको तर्क थियो।

बैठक बस्ने विषयमा विवाद भएपछि शीर्ष नेताहरू कुनै निष्कर्षमा पुगेनन्। ‘कार्यकारिणीको बैठक बोलाउने विषयमा सहमति जुटेन। शीर्ष नेताहरूबीच नै फेरि छलफल गर्ने कुरा भएको छ,’ बैठकमा सहभागी एक नेताले भने।

जसपाभित्र अध्यक्ष यादव र भट्टराईलगायतका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन्।

ठाकुर, महतोलगायतका नेताहरू भने पार्टीले अघि सारेका मागहरू पूरा गर्न ध्यान दिनुपर्ने र अहिले नै ओली सरकारको विकल्प खोज्न नहुने पक्षमा छन्।

नेपाली काँग्रेस र माओवादी केन्द्रले नयाँ गठबन्धनबारे जसपाको औपचारिक निर्णय मागेका थिए। जसपाले आधिकारिक निर्णय नलिएकै कारण नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन निर्माणले सार्थकता पाउन सकेको छैन।

तर, अब भने जसपाले औपचारिक निर्णय नगरे पनि काँग्रेस र माओवादीले भने अविश्वास प्रस्ताव अगाडि बढाउने तयारी गरेको बुझिएको छ।

जसपामा ठाकुर र महतोले ओलीलाई समर्थन गरे भट्टराई र यादवपक्षले आफूहरूलाई सहयोग गर्ने अपेक्षा काँग्रेस र माओवादीको छ।

 

यो पनि पढ्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय