शुक्रबार , चैत्र १६, २०८०

डा. राजेन्द्र भद्रा, तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गर्नु उपयुक्त होला । यसका चरणहरू १. उत्तेजनाको चरण,

२. Plateau चरण, ३. चरमसुख चरण र ४. Resolution Phase (रिजोलुसन चरण) हुन् । प्लाटो फेजमा भएको यौनलाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति

यौन तनावबाट मुक्त हुन्छ । यही बेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवत: सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।

Plateau Phase मा महिलाहरूमा योनिद्वार अझ खुल्ने तथा त्यसवरिपरिको भाग फुलेर अर्थात् ठूलो भएर आउँछ । यसरी योनिद्वार वरिपरिको भाग बढ्ने भएकाले भगांकुर अलि भित्र दबेजस्तो देखिन्छ भने स्तनको आकार केही बढ्छ ।

आधाभन्दा बढी महिलामा अनुहार र छाला रातो (Sex Flush) हुन्छ । पुरुषले जस्तै यो चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाब महसुस गर्छन् । मांसपेशीहरूमा तनाव पैदा हुन्छ, मुटु तथा स्वासप्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ अनि चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आई आफैं खुम्चने तथा खुल्ने हुन्छ ।

स्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचापसमेत वृद्धि हुन्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख प्राप्त गर्ने क्रममा मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म चल्छ ।

के महिलाको पनि वी’र्य स्खलन हुन्छ ?

यौन उत्तेजना हुँदा सफा रंगविहीन रस केही मात्रामा पुरुषको मूत्रद्वारमा देखिन्छ । यतिबेला महिलाको योनिबाट प्रशस्त रस आउने कुरा हामीलाई थाहै छ । के चरमसुखका बेला महिलामा फरक किसिमको रस आउँछ त ? केही अध्ययनले महिलाहरूको पनि ‘स्खलन’ हुने कुरा उल्लेख गरेका छन्, तर कतिपय वैज्ञानिकले पुरुषमा वीर्य स्खलन भएजस्तै महिलाको स्खलन नहुने कुरा बताएका छन् । त्यसैले महिलाको स्खलनको कुरा विवादित नै छ । एउटा कुरा के भने पुरुषको वीर्य स्खलन महिलामा हुने यस्तो स्खलनको घटनाभन्दा निकै फरक कुरा हो । तपाईंले के कुरालाई संकेत गर्नुभएको हो, स्पष्ट छैन ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि केही कुरामा भने फरक छ । यदि चरमसुखको चरणपछि पनि यौन stimuation (स्टिमुलेसन) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने त्यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक Refractory Period हो । पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिँदैन, तर महिलाले यौन चरमसुखपछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् ।

महिलाले कसरी यौनसन्तुष्टि प्राप्त गर्छन् र के कुरा सहयोगी हुन्छन् ?

तपाईंले श्रीमान्सँगको यौनसम्पर्कमा यौनसन्तुष्टि अर्थात् यौन चरमसुख प्राप्त गर्न नसक्नुभएको कुरा लेख्नुभएको छ । यसको अर्थ अन्य समयमा तपाईंले यौन चरमसुख प्राप्त गर्नुभएको छ भन्ने लाग्न सक्छ । उदाहरणका लागि तपाईंलाई हस्तमैथुनबाट यौन चरमसुखको अनुभव छ, तर अहिले श्रीमानसँगको यौनसम्पर्कमा भने सो कुरा पाइएन ।

पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौनसम्पर्कमा चरमसुख सम्भव छैन । पुरुष माथि रहेर गरिने यौनसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौन सम्वेदनशील अंग भगांकुरको घर्षण हुँदैन, जति नै लामो लिङ्ग भए पनि, त्यसैले लिङ्ग केही सानो हुनुलाई

चिन्ताको विषय बनाउनु उपयुक्त होइन । महिला माथितिर रहेर आफूले चाहेजस्तो कटि प्रदेशलाई चलाउन सक्छिन्, अनि भगांकुरलाई हात वा औंलाले वा यौन प्रसाधनजस्तै भाइब्रेटर प्रयोग गरेर यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन,

घर्षण अनि चलाउनेजस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई एकसाथ यौन चरमसुख प्राप्त गर्न मद्दत गर्छ ।

पुरुषको तुलनामा महिलालाई यौन चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लिङ्ग झिक्दा यौन क्रियाकलापले निरन्तरता प्राप्त गर्न सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ । कुनै यौनसम्पर्क पुरुषकोमा भने कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर यौन क्रियाकलापमा संलग्न हुन सके महिलाले यौनसम्पर्कबाट पर्याप्त सुख प्राप्त गर्न सहज हुन्छ ।

कसैले राम्रो दृश्य देखाउन वा संगीत सुन्न मद्दत गर्न सक्छ, तर त्यसको वास्तविक आनन्द वा भनौं सुखानुभूति त आफैंले गर्नुपर्छ वा गर्न सकिन्छ । यो कुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय