मंगलबार , बैसाख ११, २०८१

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र्चण्ड’को भारत भ्रमणको केही दिन अगाडि आफ्नो नयाँ संसद भवन उद्घाटन गर्‍यो। सो भवनमा राखिएको अखण्ड भारतको मुरलले भने नेपालमा चर्को विवाद श्रृजना गरेको छ।

प्रतिपक्षी दलहरुले नेपालका कपिलबस्तु तथा लुम्बिनीलाई सो नक्शामा राखिएकोमा आपत्ति प्रकट गर्‍यो भने भारतीय समकक्षीसँग सोका बारेमा कुरा नउठाएको भन्दै प्रम प्रचण्डको चर्को आलोचनासमेत भयो।

सामाजिक संजाल पनि सरकारले उचित प्रतिक्रिया नदिएको भन्दै तातियो। यध्यपी भारतले यसलाई सास्कृतिक नक्साको रुपमा व्याख्या गरेको छ।

यसैबीच प्रदेश खाजेरीको पक्षमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेन साहले केन्द्रिय सरकारलाई चुनौती दिदैं आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखे।

उनको यो कदमले सकारात्मक नकारात्मक दुबैथरी प्रतिक्रिया पाएको छ। पक्षमा हुनेले यसलाई बोल्ड निर्णय भनेका छन् भने कतिले उद्देलित अभिव्यक्ति भनेका छन्।

यस्तो नेपाली हास्य कलाकार तथा सिनेमा निर्माता दिपकराज गिरीले भने बालेनको कदमको विपक्षमा अभिव्यक्ति दिदैं व्यंग्य कसेका छन्।

‘अहिलेको सानो नेपाल त राम्रोसँग चलाउन नसकेर यो गति छ ! यति ठूलो भा भए के गर्थे होलान? भूईंको टिप्न नखोजौं, भएकोलाई जोगाऔ !!!’, आफ्नो फेसबुकमा ग्रेटर नेपालको नक्शा राख्दै दिपकले लेखेका छन्।

अब दिपकको यो अभिव्यक्तिले कस्तो प्रतिक्रिया पाउँला, प्रतिक्षा गरौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय