शुक्रबार , बैसाख ७, २०८१

काठमाडौँ

नेकपा माओवादी केन्द्रले नयाँ सरकार सन्दर्भमा जनता समाजवादी पार्टीलाई छिटो निर्णय गर्न आग्रह गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

जसपाले निर्णय गरेलगत्तै अविश्वास प्रस्ताव दर्ता हुने नेता नारायणकाजी श्रेष्ठले बताए ।

‘जसपाले निर्णय गर्नुपर्यो । जसपाले निर्णय गर्नासाथ अविश्वास प्रस्तावको प्रक्रिया अगाडि बढ्छ । हामी त्यो निर्णयको प्रतिक्षामा छौं । यो निर्णय अब लम्बिनु हुँदैन ।

अविलम्ब निर्णय हुनुपर्छ,’ श्रेष्ठले भने । नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेको छ ।

साथै, एमसीसी परियोजनाका सन्दर्भमा समाचारमा आएका विषयलाई बैठकले खण्डन गरेको छ ।

‘आज केही पत्रिकामा एमसीसी परियोजनाका सन्दर्भमा हाम्रो पार्टीले नयाँ सरकार बनाउने सन्दर्भमा एउटा समझदारी, सम्झौता गरिसकेको छ भन्ने समाचारको भ्रममा नपर्न पनि आग्रह गरेको छ,’ बैठकपछि श्रेष्ठले भने ।

बैठकले उज्यालो नेटवर्कको पत्रकारलाई प्रेस काउन्सिलले गरेको निर्णय भन्दा बाहिर गएर साथै अदालतको आदेशलाई समेत उल्लंघन गरी आतंकित पार्ने, पक्राउने गर्ने काम गरेर प्रेस जगतमाथि नियन्त्रण गरेको भन्दै त्यसको निन्दा समेत गरेको छ ।

साथै, गिरफ्तार पत्रकारलाई अविलम्ब रिहा गर्न माग समेत बैठकले गरेको छ । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय