आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले छिट्टै अविश्वासको प्रस्ताव वा समर्थन फिर्ताबारे कुनै एक कदम चाल्ने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे बिफ्रिङ गर्दै दाहालले जनता समाजवादी पाटी (जसपा) लिने निर्णयका आधारमा आफ्नो पार्टीले अर्को कदम चाल्ने बताएका हुन् ।

दाहालले एक/दुई दिनभित्र यस्तो निर्णय लिइने बिफ्रिङ गरेका छन् । ‘हामीले अहिले जसपाको निर्णय हेरेका छौं । जसपाले आज (मंगलबार) बैठक बसेर ठोस निर्णय गर्ने भनेको थियो तर त्यहाँ विवाद भएको समाचार आएका छन् ।

जसपाले एक/दुई दिनमा निर्णय लिन्छ होला, त्यसका आधारमा हामी पनि अर्को कदम चाल्छौं’, दाहालको भनाइ उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘अविश्वासको प्रस्ताव दर्ताको अवस्था भएनछ भने पनि सरकारलाई दिएको समर्थन फिर्ताबारे औपचारिक पत्र लेख्छौं । अब धेरै कुर्दैनौं, एक/दुई दिनमा निर्णय हुन्छ ।’

बुधबारसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने गृहकार्यमा कांग्रेस र माओवादी थिए । पछिल्लो राजनीतिक अवस्थाबारे बिफ्रिङका लागि दाहालले मंगलबार आकस्मिकरुपमा स्थायी कमिटी बैठक बोलाएका थिए ।

बैठकमा उनले केन्द्रदेखि प्रदेशसम्मको सत्ता समीकरणका कोसिसबारे जानकारी गराएको स्थायी कमिटीका ती सदस्यले बताए ।

सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नलिएको भन्दै माओवादी केन्द्रको आलोचना भइरहेको छ । तर, माओवादी केन्द्रले अविश्वास प्रस्ताव दर्ता र समर्थन फिर्ताको पत्र एकैसाथ अगाडि बढाउने रणनीति लिएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रधानमन्त्री चयन प्रक्रिया सहज र छिटो हुने भएकाले माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र लेखनलाई मात्र प्राथामिकता दिएको छैन । यसअघि माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे अन्तिम निर्णयको अधिकार अध्यक्ष दाहाललाई दिएको थियो ।

मंगलबारको बैठकमा दाहालको बिफ्रिङजस्तै स्थायी कमिटी बैठकपछि नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी वर्तमान ओली नेतृत्वको सरकार विस्थापन गर्न यसअघि नै तयार भएको तर नयाँ सरकार गठनका लागि जसपाको साथ अनिवार्य भएकाले उक्त पार्टीको निर्णय कुरिरहेको बताएका थिए ।

उनले नयाँ सरकार सन्दर्भमा जनता समाजवादी पार्टीलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए । ‘जसपाले निर्णय गर्नुपर्‍यो । जसपाले निर्णय गर्नासाथ अविश्वास प्रस्तावको प्रक्रिया अगाडि बढ्छ । हामी त्यो निर्णयको प्रतिक्षामा छौं । यो निर्णय अब लम्बिनु हुँदैन । अविलम्ब निर्णय हुनुपर्छ,’ श्रेष्ठले भने ।

सत्ता समीकरणबारे दुई धुव्रमा विभाजित जसपाको मंगलबार बस्ने भनिएका पदाधिकारी बैठक विवादका कारण बस्न सकेन । एक जना अध्यक्ष महन्थ ठाकुर सहभागी नभएपछि नेताहरुबीच अनौपचारिक छलफल भएको थियो । अर्को बैठक बुधबार बस्ने बताइएको छ ।

बैठकमा दाहालले प्रतिगमनविरोधी शक्तिहरुबीच केन्द्रदेखि प्रदेशसम्म धुव्रीकरण भइरहेको र कर्णाली प्रदेशपछि गण्डकी र लुम्बिनीमा सरकार प्ररिवर्तनको प्रयास भएको बताएका थिए ।

स्थायी कमिटीका अर्का एक सदस्यकाअनुसार दाहालले गण्डकीमा सरकार फेरबदल नजिक पुगेको र त्यस्तै तरिकाले लुम्बिनीमा पनि मुख्यमन्त्री हटाइने बताएका थिए ।

गण्डकीमा अविश्वासको प्रस्तावमाथि बुधबार मतदान हुँदैछ । लुम्बिनीमा अविश्वासको प्रस्तावमै हस्ताक्षर गरेका जसपा सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाएपछि त्यहाँको सत्ता समीकरणमा तत्कालका लागि नाटकीय परिवर्तन आएको छ ।

तर, समीकरण फेरबदलमा कांग्रेस र माओवादीको कोसिस जारी छ ।

बैठकमा दाहालले सत्ता बचाउनका लागि ओलीले लकडाउनलाई हतियारका रुपमा उपयोग गर्न खोजेको पनि बताएका थिए ।

यसको पुष्टि गर्दै बैठकपछि नेता श्रेष्ठले भने, ‘कोभिड १९ लाई सरकारले जनता आतंकित पार्ने र राजनीतिक उद्देश्य पूरा गर्ने हतियार नबनाउन माग गरेको छ ।’ बैठकले संगठनात्मक र विधानसम्बन्धी अन्य केही निर्णय पनि लिएको छ । कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय