शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नवलपरासी

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले भएको बताएका छन् ।

सक्कली एमाले आफूहरु रहेको दाबी गर्दै नेता नेपालले ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप लगाए ।

पूर्वी नवलपरासीको कावासोतीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता नेपालले भने,’ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर कमिशनखोरी र भ्रष्टाचारीको संरक्षण गर्न रमाएका छन् । ‘

कार्यकर्ताको भावना बुझ्न नसकेर जे मन लाग्यो त्यही गरेर ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पारेको उनको दाबी छ ।

आफूहरुलाई पार्टी फुटाउन खोजेको आरोप लगाएर ओलीले इमान्दार कार्यकर्ताको भावना विपरित आफूलाई सत्ताको केन्द्रमा राखेर रमाएको आरोप पनि लगाए ।

कोरोनाले जनताको अवस्था नाजुक बनाएको टुटुटुलु हेरेर ओली विदेशी शक्तीलाई खुसी पारेर सत्ता टिकाउन लागि परेको नेता नेपालले आरोप लगाए ।

नेता नेपाल नेपाली कांग्रेसका सांसद विनोद चौधरीको दुम्कौलीस्थित निवासमा सोमबार आइपुगेका हुन् ।

नेपालले सोमबार नै दुम्कौलीमा रहेको विनोद चौधरीले निर्माण गरेको शाश्वतधाम अवलोकन गरेका थिए ।

चौधरीसँगै सीजी निवासमा रात बिताएका नेता नेपालले मंगलबार बिहान हर्कपुरमा रहेको उन्नती कल्चरल भिलेज भ्रमण गरेका थिए ।

 

यो पनि पढ्नुहोस् ।

कास्की — सत्तारुढ दल नेकपा (एमाले)ले अवरुद्ध गरेपछि गण्डकी प्रदेश सभाको बैठक बुधबार १ बजेसम्मलाई स्थगित गरिएको छ । सबै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै सत्तारुढ एमालेले संसद् अवरुद्ध गरेको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद् बैठक स्थगित भएको जनाएका थिए ।

२० मिनेटको लागि स्थगित भएको संसद् बैठक का व्यवस्थाको बैठकमा सहमति नजुटेपछि भोलि १ बजेसम्मलाई स्थगित गरिएको सांसद मेखलाल श्रेष्ठले जानकारी दिए ।

सरकार ढल्ने निश्चित भएपछि एमालेले सत्ता लम्बाउन पीसीआर परीक्षणको बहाना बनाउँदै संसद् अवरुद्ध गरेको विपक्षी सांसदहरुले आरोप लगाएका छन् ।

कार्यव्यवस्था परामर्शको बैठकमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारी र अन्य सदस्यले समेत हस्ताक्षर गरेर सुरु गरिएको बैठक अवरुद्ध गरेको भन्दै अरु दलका सांसदले विरोध गरे ।

बैठकमा अधिकारीले कोरोनाका विषय उठाउँदै सभामुखलाई ध्यानाकर्षण गराएका थिए ।

गण्डकी प्रदेशमा विशेष अधिवेशन सोमबारदेखि सुरु भएको हो । सोमबारको बैठकमा अविश्वासको प्रस्ताव टेबुल भएको थियो भने प्रस्तावमाथि छलफल गरिएको थियो ।

सचिवालयले जारी कार्यसूचीमा मंगलबार पनि अविश्वासको प्रस्तावमै छलफल गर्ने तयारी थियो ।

प्रदेश सभामा कार्यव्यवस्थाको बैठकमा आज बेलुकासम्म सबै सांसदको स्वाब लिइसक्नुपर्ने, स्वाब परीक्षणमा रिजल्ट पोजिटिभ आएमा सांसदले अविश्वासको प्रस्तावमाथि मत हाल्न पाउने तर सदनमा बोल्न नपाउने, पोजिटिभ देखिएका सांसदलाई मत हाल्ने व्यवस्था सचिवालयले गर्ने र आउने-जाने व्यवस्था सांसद स्वंमले गर्नुपर्ने र परीक्षणको सबै जिम्मा सरकारले लिने निर्णय भएको एमाले सांसद कृष्ण थापाले बताए ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय