सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

सिर्मान उता बिदेश मा सिर्मती एता नेपाल मा अर्कै सङ्ग मस्ती हेर्नुहोस भिडियो सहित

सल्यान । तीन जिल्लाको मुख्य सडकको रुपमा रहेको राप्ती राजमार्ग स्तरोन्नतिको काम भैरहेको छ । दाङ–सल्यान–रुकुम सडकको सल्यान खण्डमा अहिले धमाधम रुपमा सडक स्तरोन्नतिको काम भैरहेको हो । जीर्ण सडकका कारण नागरिकले सास्ती पाउदैँ आएको अवस्थामा पछिल्लो केही महिना यता भने सडकको स्तरोन्नतिको कामले तिव्रता पाएको छ ।

अहिले सडकमा नाला निर्माण, उप्किएको ठाउँमा कालोपत्रे गर्ने, साँघुरो सडकको छेउमा पर्खाल निर्माण गर्ने लगाएतका काम भैरहेका छन् । राप्ती राजमार्गको दाङ र रुकुम खण्डमा सन्तोषजनक नै सडक भएपनि सल्यान खण्डमा भने जीर्ण हुँदा यात्रुलाई सास्ती हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको हो । दाङ–सल्यान सिमाना देखि कपुरकोटसम्मको सडक जीर्ण भएपनि अन्य क्षेत्रको सडकको भने धमाधम काम भैरहेको छ । दाङ–सल्यान सिमानादेखि रुकुम–सल्यान सिमानासम्म १८ वटा ठेक्का लगाएर काम सञ्चालन गरिएको छ । जसका कारण केही भाग बाहेक आधाबढी खण्डमा सडकको स्तरोन्नतिको काम सकिएको छ । सडकको स्तरोन्नति हुँदा यात्रा गर्न सहज भएको छ । तर केही निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा केही खण्डको काम अपुरो छ ।

राजमार्गको स्तरोन्नतिमा ठूला योजना भन्दा पनि साना योजना निर्माण गरेर सडकको स्तरोन्नतिमा बेवास्ता गरेको स्थानियको गुनासो छ । निर्माण व्यवसायिलाई असारसम्ममा ती सबै ठेक्काको काम सम्पन्न गर्न निर्देशन दिइएको छ । जिल्लामा मन्त्रीदेखी सांसद र बिभिन्न निकायको पटक–पटकको छलफलले काममा तिव्रता पाएको स्थानिय बताउँछन् ।

स्थानिय सुवास केसीले पहिलेको भन्दा सडकको केही सुधार भएपनि सन्तुष्ट रहने अवस्था नरहेको बताउनुभयो । ‘राजमार्ग जस्तो क्षेत्रमा टुक्रे योजना बनाउनु नै गलत हो, यसले काममा ढिलासुस्ती हुन्छ नै, अहिलेको अवस्था हेर्दा अधिकांश क्षेत्रमा सडकको स्तरोन्नति भएको छ, नाला बनाइएको छ, उप्किएको कालोपत्रे टालिएको छ’ उहाँले भन्नुभयो ‘यो तत्कालको लागि हो, टालो हालेको सडकको भविष्य छैन्, त्यसैले नयाँ योजना बनाएर अघि बढ्नुपर्छ ।’

उहाँले अहिले सडकको मर्मतसँगै स्तरोन्नतिको काम अघि बढाउनुपर्ने बताउनुभयो । ‘दाङ–सल्यान सिमाना देखि कपुरकोटसम्मको सडकको भबिष्य छैन्, सडकलाई दुइ लेनको बनाउनु नै पर्छ’ उहाँले थप्नुभयो ‘सडक दुई लेनको बनाउन अझै केही बर्ष लाग्ला, त्यतिन्जेल सम्मको लागि मर्मतको काम पनि जारी राख्नुपर्छ, नत्र नागरिकले थप सास्ती भोग्नुपर्छ ।’ यस सडकको मर्मत तथा स्तरोन्नतिमा यसै पटक करिब ४० करोड रुपैँया खर्च हुदैँछ ।

संघिय सरकारले भने राप्ती राजमार्गको स्तरोन्नतिका लागि ९० करोड रुपैँया विनियोजन गरेको छ । सरकारको आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बर्षमा राजमार्गको दाङ–सल्यान–रुकुम सडकको स्तरोन्नतिका लागि ९० करोड रुपैँया विनियोजन भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय