शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि रु एक करोड ६१ लाख ३० हजार बजेट अनुमान गरिएको छ ।

कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

यसैबीच, आयोगले न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ ।

 

यो पनि पढ्नुहोस् ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक दिउँसो तीन बजेका लागि तय भएको छ ।

हिजोमात्रै अध्यक्ष पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

देउवा र दाहालबीचको भेटवार्तामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति भएको थियो ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यँताएको थियो । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्दै आएपनि अहिलेसम्म फिर्ता लिएको थिएन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय