शनिबार , बैसाख ८, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग दुई करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा ध्यानाकर्षण भएको बताएका छन् ।

 

सामाजिक सञ्जालमा उनले मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको भन्दै पैसा लिएको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

 

उनले भनेका छन्, ‘केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग दुई करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ ।

 

यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको दुई करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय